सरकारी पसलले नै यसरी गर्छन् ठगी

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई मध्य नजर गर्दै चिनी उत्पादकहरुले सस्तो मूल्यमा चिनी उपलब्ध गराउने बताइरहँदा सर्वसाधारणको सुविधाका लागि भन्दै सञ्चालन गरिएको सरकारी पसलले भने प्रतिकिलो ११ रुपैयाँ महँगोमा चिनी बिक्री गरिरहेको तथ्य फेला परेको छ ।
चिनी उत्पादन गर्ने सातवटा उद्योगले प्रतिकेजी ६५ (भ्याट सहित) उपलब्ध गराउने जनाएका छन् । तर, दसैं, तिहार र छठका लागि भन्दै सञ्चालन गरिएको सहुलियत पसलले भने चिनी ७६ रुपैयाँमा बिक्री गरिरहेका छन् ।
नेपाल चिनी उद्योग महासंघले सरकारसँग भएको छलफल अनुसार उपभोक्तालाई भ्याटबाहेक प्रतिकेजी ५७ रुपैयाँ ५० पैसामा चिनी उपलब्ध गराउने जनाएको छ । उक्त मूल्यमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) जोड्दा प्रतिकेजी ६५ रुपैयाँ पुग्छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबारदेखि ४८ स्थानमा सञ्चालन गरेको सहुलियत पसलमा २ रुपैयाँ छुट दिई कायम गरिएको चिनीको मूल्य ७६ रुपैयाँ हो । अझ अन्य केही केही स्टोरहरूले बिक्री गरिरहेको मूल्यसँग तुलना गर्ने हो भने १७ रुपैयाँभन्दा बढी हुन आउँछ ।
महासंघका अनुसार महोत्तरीको एभरेस्ट सुगर एन्ड केमिकल, सर्लाहीको इन्दुशंकर चिनी उद्योग, रौतहटको श्रीराम सुगर मिल्स, बाराको रिलायन्स सुगर एन्ड केमिकल, सुनसरीको इस्टर्न सुगर मिल्स, सिराहाको हिमालयन सुगर मिल्स र नवलपरासीको वागमती खाँडसारी चिनी मिलले उक्त मूल्यमा चिनी उपलब्ध गराउने घोषणा गरेका हुन्।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_1PQgB2omZX_sm162ifahpn1sdu8tgujwjnaweobdfwqraypumilm1klwjopwywiyerjt9pc.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया