कालिञ्चोकमा पनि केबुलकार

दोलखा । पवित्र धार्मिक स्थल दोलखाको कालीञ्चोक मन्दिरमा पनि केबुलकार सञ्चालनमा आएको छ । दोलखाको कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म जाने केबुकारको सफल परिक्षण सफल भइसकेको छ । मुलुककै तेस्रो केबुलकारका रुपमा कालीञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि निर्माण गरिरहेको केबुलकारको पहिलो चरणको परीक्षण सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले माइन्यूज नेपाललाई बताए ।
दोलखाली उद्योगीको लगानी रहेको केबुलकारमा चार वटा गोण्डला रहने र प्रत्येकमा १० जना बस्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ । पहिलो चरणमा १५ देखि २० दिनसम्म परीक्षण गर्नुपर्ने भएकाले तीन दिनदेखि गोण्डला राखेर इञ्जिनियरिङ परीक्षण भइरहेको छ । धार्मिक पर्यटकीय क्षेत्र कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म ९०० मिटर लामो दूरीको केबुलकार निर्माण गरिएको हो ।
‘दशैंलगत्तै स्विटजरल्याण्डबाट इलेक्ट्रिकल र प्रोग्रामर इञ्जिनियर आइपुग्ने र त्यसपछिको केही दिनको परीक्षणपश्चात् लगभग तिहार पछिबाट केबुलकार पूर्णरुपमा सञ्चालनमा आउने छ ।’ शिवाकोटीले भने ।
४० करोड लगानीमा निर्माण सम्पन्न भएको केबुलकार शुरुमा २६ करोडमा निर्माण गर्ने भनिए तापनि निर्माण अवधि बढेको र सामानमा मूल्य वृद्धि हुनाका साथै नयाँ नियम नबनेको भन्दै सरकारले भन्सार छुट नगर्दा लागत बढेको निर्देशक शिवाकोटीले बताए । कालीञ्चोक मन्दिरसम्म केबुलकारको सुविधा पुगेपछि आत्तरिक र बाह्य पर्यटकहरुको घुँइंचो लाग्ने निश्चित छ । केबुलकार निर्माण भएसँगै पाँच मिनेटको पैदलमा कालीञ्चोक मन्दिरको दर्शन गर्न सकिन्छ ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_1PQgB2omZX_sm162ifahpn1sdu8tgujwjnaweobdfwqraypumilm1klwjopwywiyerjt9pc.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया