बालबालिकाहरुलाई यौन हिंसाबाट जोगाउन स्कुल र कलेजहरुमा प्रशिक्षण

काठमाडौं । बालबालिकाहरुलाई यौन हिंसाबाट जोगाउन व्यक्तिगत आत्मरक्षा गर्ने वारे स्कुल र कलेजहरुमा प्रशिक्षण सुरु भएको छ । क्षेत्रिय ट्राफिक प्रहरी पथलैयाका प्रहरी उपरिक्षक किरण ब्रजाचार्यद्वारा प्रशिक्षण अभियान शुरु गरिएको हो ।
प्रहरी उपरिक्षक एवं प्रशिक्षक ब्रजाचार्यले विद्यार्थीहरुलाई एक्लै बस्दा सुरक्षाका लागि कुन तरिका अपनाउने, अपरिचित व्यक्तीको सामना गर्न, बाहिर यात्रा गर्न व्यागमा राख्न सक्ने साधान सामाग्रीहरुको सहयोगले पनि हुन सक्ने संभावित घटनाबाट कसरी जोगिने ? पोजिशन,आक्रमण, ईत्यादीकोे वारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएकी थिइन ।
प्रशिक्षण अवधिमा विद्यार्थीहरुबाट सोधिएको सवाललाई प्रशिक्षक ब्रजाचार्यद्वाले मेटाउदैं एटेकहरुलाई अभ्यास गराउनुका साथै, मोबाईलको सहि प्रयोग, स्पिड डायल, तथा योन हिंसाबाट बच्न व्यक्तिगत आत्मरक्षाको वारेमा आफ्नो घरपरिवार छिमेकी, साथीहरुमा समेत सोको वारेमा छलफल गरि आकस्मिक घटनालाई रोक्न वा त्यसबाट बच्न वारे जनचेतना फैलाउने कार्य गर्न सबैमा अनुरोध गरेकी छन् ।
लैंगिक हिंसा विरुद्धको अभियानका संयोजक राजनकुमार श्रीवास्तवले बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाले यौन हिंसा विरुद्ध डटेर लड्न सबै बालिकाहरु तयार बनाउनुपर्ने आवश्यकता देखिएको बताए । कार्यक्रम विरगंजस्थित पाठशाला संस्थाको पहलमा भएको थियो ।

First project initiated by Jagsul Foundation (Journey to faith)

477 whales die in ‘heartbreaking’ New Zealand strandings

Government is committed to creating investment-friendly environment: PM …

प्रतिनिधिसभा संसद भंग, कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा (विज्ञप्तिसहित)

Organic methods to control Root Knot Disease of Vegetables in Nepal

Lions club of Kathmandu new waves year 2020/21 presented yearly program …

Lions club of Kathmandu new waves under 325 A2 organized tree Plantation…

प्रतिक्रिया