मौलिक हकका १३ विधेयक पारित, दुई वटा बाँकी

काठमाडौं । संघीय संसद्का दुई सदनमा अड्किएर बसेका मौलिक हक कार्यान्वयनका १५ मध्ये १३ विधेयक पारित भएका छन्। विचाराधिन अवस्थामा रहेर अहिले पारित विधेयकहरुमा प्रतिनिधिसभामा दर्ता भई कारबाही प्रक्रिया अघि बढाइएका ९ र राष्ट्रियसभामा दर्ता भएका चार विधेयक छन्। नियमतः एउटा सदनबाट पारित भएका विधेयक अर्कोमा पेस हुनेछन्। दुबैबाट पारित भएपछि प्रमाणीकरणका लागि पठाइनेछ। संघीय संसदमा दुबै सदनबाट पारित भएपछि मात्रै विधेयक प्रमाणीकरणका लागि पठाइनेछ।
प्रतिनिधिसभाले शुक्रबार ७ र शनिबार ४ विधेयक पारित गरेको हो भने राष्ट्रियसभाले शुक्रबार तीन र शनिबार एक विधेयक पारित गरेको हो ।
यस्तै, राष्ट्रियसभाले शुक्रबार तीन र शनिबार एक विधेयक पारित गरेको हो। सबै विधेयक राष्ट्रियसभामा दर्ता भएका विधेयक हुन्। प्रतिनिधिसभामा पारित भई राष्ट्रियसभामा पेस भएका विधेयक भने संशोधन दर्ताका चरणमा रहेका छन्।
प्रतिनिधिसभाले आफ्नै सभाबाट प्रक्रिया अघि बढाएका ९ सहित ११ विधेयक पारित गरेको छ। तिमध्ये सुरक्षित मातृत्व तथा प्रजजनन सम्बन्धी विधेयक, जनस्वास्थ्य सम्बन्धी विधेयक, रोजगारीको हक, उपभोक्ता संरक्षण विधेयक, खाद्य अधिकार सम्बन्धी विधेयक रहेका छन् । त्यसैगरी आवासको अधिकार सम्बनधी विधेयक, भूमिसम्बन्धी विधेयक, वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक र जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय सम्बन्धी विधेयक रहेका छन् ।
त्यस्तै राष्ट्रियसभाले बालबालिकाको हक सम्बन्धी विधेयक, वातारण संरक्षण विधेयक, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक, अपराध पीडितको संरक्षण सम्बन्धी विधेयक, दुबै सदनबाट पारित विधेयक, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक र वातावरण संरक्षण विधेयक पारित गरेको छ ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_1PQgB2omZX_sm162ifahpn1sdu8tgujwjnaweobdfwqraypumilm1klwjopwywiyerjt9pc.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया