हत्या विरोधमा रोल्पा बन्द, चिया पिउन बाेलाएर यसरी हत्या गरिएकाे थियाे पुनकाे

काठमाडौं । तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरोधमा नेपाल तरुण दलले सोमबार रोल्पा जिल्ला बन्द आह्वान गरेको छ । बन्दका कारण बिहानैदेखि रोल्पाको जनजीवन प्रभावित भएको छ ।
सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग बन्द भएका छन् । लामो तथा छोटो दूरीका सवारीसाधन नचल्दा यात्रु विचल्लीमा परेका छन् । पुनको आइतबार राति सुलिचौरमा गोली हानी हत्या भएको थियो ।
यसरी भएको थियो पुनको हत्या
तरुण दलका महासचिव भुपेन्द्रजंघ शाहीले पुनको गोली हानी हत्या भएको दावी गरेका छन् । आइतबार दिउँसो रोल्पाको सुलिचौर बजारमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता देब घर्तीलगायतको हतियारधारी समूहले नेपाल तरुण दल रोल्पा नगरपालिका अध्यक्ष पुनमाथि गोलि प्रहार गरी हत्या गरिएको शाहीले बताए ।
इलाका प्रहरी कार्यलयबाट १५ मिटरको दूरीमा घटनास्थल भएपनि प्रहरीले सुरक्षा दिन नसकेको तरुण दलको आरोप छ । तरुण दलले हिजै विज्ञप्ती जारी गर्दै कम्युनिस्ट सरकारको आडमा सत्ताधारी पार्टीका कार्यकर्ताले कानुन आफ्नो हातमा लिएर अपाराधिक र आतंककारी शैलीमा गरिएको जघन्य हत्याको नेपाल तरुण दलले भ्रत्सना गरेको थियो।
हत्यामा संलग्नलार्इ कडा भन्दा कडा कारबाही गर्न पनि तरुण दलले जोडदार माग गरेको छ । यो आततायी, दुखद घटनाले आफूहरुलार्इ स्तब्ध बनाएको भन्दै तरुण दलका महासचिव शाहीले जनताको जिउ धनको सुरक्षा गर्न र अपराधीलाई संरक्षण गर्ने बाटोमा नलाग्न सरकारी चेतावनी दिएका छन् ।
घर्ती सार्वजनिक अपराधको अभियोगमा सजाय पाएका व्यक्ति भएको स्थानीयले बताएका छन्। सत्तारुढ दल नेकपाका कार्यकर्ता देवले विपक्षी दल कांग्रेसको भातृ संस्था तरुण दलका रोहित पुनमाथि गोली हानी हत्या गरिएको घटनाको नेपाली कांग्रेसले समेत भत्सर्ना गरेको छ।
कांग्रेस रोल्पाका सभापति तथा पूर्व सिँचाई राज्यमन्त्री अमरसिंह पुनले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र कांग्रेस कार्यकर्ताको सुरक्षाको लागि राज्यसँग माग गरेका छन्। उनले सत्तारुढ दलकै कार्यकर्ताबाट यस्तो किसिमको जघन्य हत्या हुनु घोर आपत्तिजनक भएको बताए ।
यस्तो छ घटना विवरण
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता देव घर्तीले अध्यक्ष पुनलाई दिउँसो करिव १ बजेतिर रोल्पा नगरपालिका श्रीचौर बजारमा भेट्न बोलाएका थिए। श्रीचौर पुगेका घर्ती र पुन दुवैजनाले रेष्ट रेष्टुरेण्टमा चिया पिएका थिए।
एक घण्टा लामो चियागफ गरिसकेपछि अपरान्ह चार बजेर ४० मिनेटमा देवले पेस्तोल निकालेर रोहितमाथि चार राउण्ड गोली प्रहार गरेका थिए। चार राउण्ड गोलीमध्ये एउटा गोली उनको कोखामा लागेको एक प्रत्यक्षदर्शीले बताएका छन् । रोहितलाई अर्को गोली छाति र एउटा हातमा लागेको थियो।
रोहितलाई गोली लागेको करिव १० मिनेट भित्रै इलाका प्रहरी कार्यालय श्रीचौरबाट खटिएको प्रहरीले घटनास्थलबाट गोली चलाउने देवलाई पेस्तोलसहित पक्राउ गरेको छ।
गोली लागेर पुन घाईते भएपछि सुलीचौर बजारमा दिउँसै भागदौड चलेको थियो। रोल्पा नगरपालिका वार्ड नंम्वर दुई रेउघाका पुनलाई प्रहरीले उठाएर नजिकैको उपस्वास्थ्य चौकीमा पुर्याएका थिए। उपस्वास्थ्य चौकीका चिकित्सकले साडे ६ बजे पुनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
मृतकको शब उपस्वास्थ्य चौकीमा राखिएको छ । गोली प्रहार गर्ने रोल्पा नगरपालिका वार्ड १० माझिङका देव घर्तिलाई अनुसन्धानको लागि प्रहरी हिरासतमा लिइएको छ। उनको साथबाट पेस्तोल बरामत गरिएको छ। प्रहरीले घटनास्थलबाट घर्तीले प्रयोग गरेको बा १२ च ७३५२ नम्वरको नीजि कार समेत बरामद गरेको छ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_F5QIEJr6NQ_4ubpptwoiztqmpf3gsz2knye1kdb7oyglvq3q3ivtlhcocdasglbgnn2nrbh.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_ydOZz8Dwka_s4ufskrt7wu57eyvrrg7rjbaowhjtvkjzsily3w0pnacyyq2flwjrjzmnyp1.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_KKY5a9h45u_gyheiapongsv9igmddnjcnyfbt7jc6q08mzbkoug76b0ps2zwfelsaaxhx6y.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_FfJDuSjQkG_3owrce9ncpu3rsuefbcfjqyu8wwv3qqlxlll3i4xj09dzwwar8nbxwtm96es.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया