झालाई पछार्दै घिमिरे दूरसञ्चारको अध्यक्ष बन्ने

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएसँगै ठूलो आर्थिक चलखेल शुरु भएको छ । सूचना सञ्चार तथा प्रविधि मन्त्रालयले १५ जना उम्मेदवार मध्येबाट तीन जनाको नाम सिफारिस गरेपछि प्राधिकरणको अध्यक्षका लागि मन्त्रीपरिषद्ले नियुक्तिको तयारी थालेको छ । सिफारिस भएका तीन जना पूर्व अध्यक्ष दिगम्बर झा, पूर्व सञ्चार सचिव सुशील घिमिरे र प्राधिकरणमै कार्यरत पुरुषोत्तम खनालमध्ये एकले नियुक्ति पाउनेछन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्त खारेज भएसँगै पदच्यूत भएको दूर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई पुनः प्राधिकरणको अध्यक्ष बनाउन एनसेल, स्मार्टसेललगायतका मोवाइल सेवा प्रदायक कम्पनीहरु लागि परेका छन् । विदेश जानु अघि मन्त्रीपरिषद्को बैठकमा झालाई अनुकुल हुने गरी प्रस्ताव लगेका कारण सञ्चार मन्त्री गोकुल वास्कोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीले झपारेका थिए ।
झा आफैमा बद्नाम व्यक्ति भएपनि उनको ठूलो आश्वसनमा परेर मन्त्री बास्कोटाले झालाई नियुक्ति गर्नकै लागि सिफारिस गरेका थिए । तर, ओलीले नपत्याएपछि झा र बास्कोटाको खेल पूरा नहुने भएको छ । झाले ग्रामिण दूरसञ्चार कोषको रकम व्यापक दुरुपयोग गरेको र यूटिएललाई ग्रामिण दूरसञ्चार कोष नियमावली २०६८ विपरित उक्त कोषको दुई अर्व एक करोड रुपैयाँ अनुदान दिएका थिए । यूटिएलमा मुख्य स्वामित्व हाल उपेन्द्र महतोको रहेको छ । महतो पनि झालाई अध्यक्ष बनाएर टेलिकम क्षेत्रमा माफियाकरण गर्न चाहन्छन् ।
सिफारिसमा परेका पूर्व सचिव घिमिरे भने नेकपाका महासचिव विष्णु पौडेल निकट मानिन्छन् । स्वच्छ छवीका घिमिरेलाई नै पौडेलले च्यापेको हुँदा घिमिरे दूरसञ्चारको अध्यक्ष बन्ने निश्चित छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_HKhv9z2IFr_wysp2pupw4zstn5iyvrc3wlqunfbdxz5hrndvnrhfhnojrm0xi50h9jagit9.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_oqzeFlWv0r_yjglaomxzwinripslmesaxmhim2bpmletce6pfp85giq4u4wti8aovmj43m5.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_tjHvqKhbNC_k9rwfbqfjs89xplbxj6npbk3oustufkzivlogk5scwyayv6qmwcjgjjucqeb.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_MWIxbjHdbu_al4ccs1niwhxpetm04cnuup8txf3fvzmn9d2gubg7ijwiahnazbge67pucxg.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_yPZjunxhsD_f4dlpsepphjfd0c8b2mix10xbifvijfhegbqan7lkbtpu7hvxqpen4qoih8t.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_UfhfjleH2T_bmxza4iroy5svu3syumpnr2ddzdter0lejutmbkorgpnpeqcn89nrbe5sxsf.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_VYHpsMKiXz_g7gqt3tecr6gpqb6u5hw204h9qrxtsk1lj2llqpywaht0uthbmejdhswegjw.jpg)
प्रतिक्रिया