मन्त्रीद्वयको सम्बन्धमा फाटो ल्याउने को ?

pun and baset

pun and baset

  काठमाडौं । पूर्वमाओवादी निकटका मन्त्रीहरूबीच आजकाल बोलचाल नै नहुने अवस्था सिर्जना भएको छ । पूर्वएमालेका मन्त्रीहरूले भन्दा राम्रो काम ग¥यौं भनेर फुर्किएका पूर्वमाओवादीका मन्त्रीहरूबीच आपसी द्वन्द्व बढेको हो ।

वनमन्त्री शक्तिबहादुर बस्नेत, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री चक्रपाणि खनालसहितका नेताहरू एकअर्काप्रति खासै नरम छैनन् । स्रोतका अनुसार विशेष गरेर शक्तिबशादुर बस्नेत र वर्षमान पुनबीच अलिक धेरै तिक्तता रहेको छ । यी दुईबीच राम्रोसँग बोलचाल समेत हुन छाडेको स्रोतको दावी छ ।

वनमन्त्री बस्नेत र उर्जामन्त्री पुन सुरुवाती दिनदेखि नै एकअर्का विरोधी नेताका रुपमा परिचित छन् । उनीहरूलाई चीनसँग नजिक पुर्रयाउन गिरोह नै सक्रिय भएको स्रोतको भनाइ छ । यी दुई मन्त्रीलाई चिनियाँ अधिकारीहरूले प्रत्येक महिना भेट्ने गरेका छन् । ती भेटमा के–के कुरा हुन्छन् भन्ने बारेमा केही बताइएको छैन । तर, यसरी मन्त्रीद्वय बस्नेत र पुनलाई चिनियाँ अधिकारीहरूले भेट गरेको विषयमा धेरैले चासो व्यक्त गरेका छन् ।

बरु गृहमन्त्री रामबहादुर थापाले हल्लाभन्दा पनि भित्रभित्रै काम गरेर प्रधानमन्त्रीको मन जित्न सफल भएको चर्चा छ । हुन त बेलाबेला गृहमन्त्री थापालाई पनि विवादमा ल्याउने प्रयास गर्ने गरिएको एक नेताको भनाइ छ । विवादित बनाउने प्रयासहरूलाई थापाले खासै महत्व दिने गरेका छैनन् । – यूनाइटेड पोष्ट

प्रतिक्रिया

सम्बन्धित