खेलकुदमा भविश्य खाेज्दै शुष्मिता

काभ्रेपलाञ्चोक जिल्लास्थित मण्डन देउपुर नगरपालिकाको वडा नं. १० मा बाबु गणेशप्रसाद नेपाल र आमा जानुका नेपालको कोखबाट मिति २०५७ साल आश्विन २१ गते दशैंको नवमीको दिन जन्मिएकी सुष्मिता नेपाल नेपाली सेना बनेर देशको सेवा गर्ने लक्ष्य बोकेर अगाडि बढिरहेकी छन् । खेलकुदमा रुची राख्ने उनले खेलकुदबाट नेपालको नाम विश्वभर चिनाउने लक्ष्य पनि राखेकी छन् ।
ललितपुर महानगरपालिका वडा नं. १५ मा बसोबास गर्दै आएकी सुष्मिताले २०१७ जनावरी १९ देखि २७ सम्म कुवेतमा भएको ५ औं एशियन यूथ ट्रेनिङ्ग क्याप (राफल) र जापानमा ६ देखि १२ डिसेम्वरसम्म भएको १० औं एशियन च्याम्पेन्सिपमा नेपालली खेलाडीको नेतृत्व गर्दै सहभागिता जनाई सकेकी छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको राखेप च्याम्पियनसिप २०७४ मा मध्यमाञ्चलबाट १० मिटर एयर राईफल २२ औं महिला राष्ट्रिय सुटिङ्गमा ३ सय ८३ अंक हासिल गरि उनले राष्ट्रिय प्रतियोगिताको डेव्यू खेलमै आफ्नो प्रतिभा देखाउन सफल भएकी थिइन् । ४ सय पूर्णकमा ३ सय ८३ अंक प्राप्त गर्दा उनले ओलम्पिक एवम् यो इभेन्टकी राष्ट्रिय किर्तिमानधारी पश्चिमाञ्चलकी स्नेह राज्यलक्ष्मी राणाको किर्तिमान तेडेकी थिइन र मध्यमाञ्चललाई तेस्रो स्थान दिलाउन सफल भएकी थिइन ।
नर्सरी देखि एल केजी सम्म पिनाकल स्कुलमा अध्ययन गरेकी उनले आफ्नो बाबुको आर्थिक अबस्था कमजोर भएका कारण सेन्ट मेरिज स्कुलको सहयोगमा कक्षा ५ सम्म मेरीवाड स्कुल झम्सीखेलमा अध्ययन गरिन् । त्यसपछि कक्षा ८ मा पुनः पिनाकल स्कुलमा भर्ना भएकी उनले त्यहाँबाट नै खेलकुद प्रतियोगिताहरुमा सहभागि हुने अवसर प्राप्त गरेकी थिइन ।
पिनाकलमा नै अध्ययन गर्ने क्रममा राष्ट्रिय खेलकुद परिषद्ले २३ जुन १०१६ मा आयोजना गरेको स्कुलस्तरीय ओलम्पिक डे प्रतियोगितामा पिनाकल स्कुल प्रथम र सुष्मिता व्यक्तिगत स्कोरमा प्रथम हुन सफल भएकी थिइन् । राष्ट्रिय खेलकुद परिषदका गुरु प्रदिपकुमार खातीलगायतको सहयोगमा उनले आफ्नो खेलकुद करिअरलाई अझै निरन्तरता दिइरहेकी छन् ।
एसईईमा ३.७० जिपिए अंक प्राप्त गरि सैनिक आवाशीय महाविधालयमा कक्षा ११ मा व्यवस्थापन विषय लिइ अध्ध्ययन गरिरहेकी सुष्मिता भाद्र १ देखि १० सम्म इन्डोनिसियामा हुन लागेको एशियन गेममा राष्ट्रिय टेलीबाट भाग लिन जाने तयारीमा छिन् । त्यसका लागि उनी अहिले क्याप्पमा प्रशिक्षण लिर्दै छिन ।
उनले इन्डोनेसियामा हुने एशियन गेममा पदक जितेर नेपालको नाम उच्च राख्ने दृड विश्वास लिएकी छन् । परिवारको पूर्ण साथ पाएकी सुष्मिताका बाबु भने विगत ६ वर्ष देखि आयाम बचत तथा ऋण सहकारी संस्थामा व्यवस्थापकको जिम्मेवारीमा रहि कार्य गर्दै आएका छन् ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_93f1VlXJNz_4cw5u56qra6rhv3itgfyhmandxxtvrtoe7kwsaaioi0n96xmvivdnitexzkp.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_IHJMUgsT2R_dbgte4tiwjfpoz2hh1azjdxycmaxg04ugjsfjwbl8pcbmw48nbpqizet4pn0.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_ukoNOTFJhT_vxb0kecmfi2m4wks3q9fu4hluy3kzdn6tbvdkdudqymfgd18qkvlhoeez3ki.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_gTe9O5lVPa_vxtbn5cfcbvsob0znjhym9bn36o0y1hh5kh57rtbrqyywhb9m5plmxgs2ein.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया