कांग्रेसद्धारा सरकारलाई ‘ध्रुवे हात्ति’ को संज्ञ

काठमाडौं । राजधानीसहित देशभरि शानदार प्रदर्शन गरेको नेपाली कांग्रेसले अबका दिनमा सरकारलाई सहज रुपमा बस्न नदिने संकेत दिएको छ । पर्ख र हेरको नीति लिएका कारण विगत छ महिनादेखि कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधिलाई सहज रुपमा अगाडि बढ्न नदिई कांग्रेसले आउने दिनमा आफूलाई सशक्त प्रतिपक्षको रुपमा उभ्याउने जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफूहरू संविधान कार्यान्वयन र मूल्य वृद्धिका विरुद्ध सक्रिय हुने बताएका छन् । ‘जनताका मागप्रति आँखा देख्न छाडेको कम्युनिस्ट सत्तालाई कांग्रेसले सहि मार्गदर्शन दिने छ’, उनले भने–‘सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने, कालोबजारी र महँगी नियन्त्रण गर्नुपर्ने, अभिव्यक्ति स्वतन्त्रताका लागि कांग्रेसको अडान रहनेछ ।’ जनताका पक्षमा अरु मागहरू पनि आउने उनले बताए ।
कांग्रेसले मंगलबार गरेको प्रदर्शनबाट कम्युनिस्ट सत्ता हच्किएको दावी गरेको छ । ओली नेतृत्वको कम्युनिस्ट सरकार ‘ध्रुबे हात्ती’ बन्न खोजेको भन्दै कांग्रेसले आरोप लगाउँदै आएको छ । कांग्रेसका नेताहरूले पनि अबका दिनमा आफूहरू कम्युनिस्टहरूको थिचोमिचो नसहने जनाएका छन् ।
निजामती कर्मचारीलाई धम्काउने, न्यायालयमाथि आक्रमण, तल्लोस्तरका करार र ज्यालादारीका कर्मचारीको म्याद थप नगर्ने, भ्रष्टाचारमा मात्रै आँखा लगाउने जस्ता सरकारका क्रियाकलापलाई पनि कांग्रेसले सूची बनाएर निगारनी गर्ने जनाएको छ ।
सरकारले गर्ने भेदभावपूर्ण व्यवहारको सदन र सडक दुबै ठाउँबाट विरोध हुने प्रवक्ता शर्माले बताएका छन् । कांग्रेसले सत्ताबाट हुने अवैधानिक र गलत निर्णयहरूको निगरानी गर्ने जनाएको छ । प्रत्येक मन्त्रालयलाई निगरानी गर्ने गरेर प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद रहने गरी अनुगमन समिति बनाइने कांग्रेसले जनाएको छ ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_nEkd3gMxmA_8kpofjs9yfulwi44umlntrdo2in29ljqdqdosb6tvvwmzqbgexmdhxyurtxz.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_Ze0SlxUdhg_gf8hvnd6a5lav9we4lyz91gi7jv3zk7dlilv6niedgcugphqctwarugreops.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_2FNwZ1FLpd_jlwdlamw5pn9hzkm1t6orxsxh3lxcjnnv34kjqvwcjjpkfhs83ujnmfamiwg.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_SRVvPny00W_d077tfosbrcjxlsz6fo6gdfg9sz0agsi4wkswsi0g1j3jctv4nosr022dzgs.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया