समुद्री आँधीबाट प्रभावितहरुको सहयोगमा पाँच अमेरिकी पूर्वराष्ट्रपति

काठमाडौं :
समुद्री आँधीबाट प्रभावितहरुको सहयोगका लागि अमेरिकाका जीवित पाँच पूर्व राष्ट्रपतिहरु जुटेका छन् । उनीहरुले दक्षिणी राज्य टेक्सासमा आयोजित कन्सर्टमा सहभागी हुँदै आँधी प्रभावित परिवारका लागि सहयोग गर्न सहभागीहरुलाई आह्वान गरेका छन् ।
बाराक ओबामा, जर्ज डब्लू बुस, बिल क्लिन्टन, जर्ज बुस र जिम्मी कार्टर एकसाथ देखिएका हुन् । उनीहरुमध्ये बुस बाबुछोरा रिपब्लिकन पार्टीबाट राष्ट्रपति बनेका थिए भने ओबामा, क्लिन्टन र कार्टर डेमोक्र्याट पार्टीबाट । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने कार्यक्रममा सहभागी भएनन् । सन्देश पठाएर औपचारिकता मात्र निर्वाह गरे । हार्वे नामक समुद्री आँधीबाट इर्मा र मारिया नामक स्थानमा अर्बौं रुपैयाँ बराबरको विनास भएको छ । पूर्वराष्ट्रपतिहरुले हालसम्म तीन करोड १० लाख डलर पीडितको सहयोगका लागि संकलन गरिसकेका छन् ।
उनीहरुले अहिलेसम्म ३१ मिलियन डलर जम्मा गरिसकेका छन् । प्रि रेकडेड म्यासेजमार्फत बराक ओबामाले भने पूर्व राष्ट्रपतिको रूपमा, हामी हाम्रा सँगी अमेरिकिलाई सहयोग गर्न मद्दत गर्न चाहन्छौं । ली ग्रीनवुड, र लेडी गागाले प्रस्तुतीदिनु अघि पाँचै पूर्व राष्ट्रपतिहरु राष्ट्रिय गानको लागि स्टेजमा जम्मा भएका थिए ।– बीबीसी
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_J5sUdnwjaX_7v4fhkioshsa7kgn5kqgpd5oeezb5p2n8qoixwmrexdduyrfo2clk7assy6d.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया