बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, १२ जनाको सनाखत, १४ जना घाइते (अपडेट)

palpa-accident
काठमाडौं । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या १३ पुगेकाे छ भने १२ जनाकाे सनाखत भएकाे छ । दुङर्टनामा परी १४ जना घाइते भएका छन् । लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान रम्भा गाउँपालिका–४, होमिनमा सडकबाट खसेको पाल्पा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा लक्ष्मी बचत तथा ऋण सहकारी संस्था सम्बद्ध २७ जना सवार थिए । बस सडकबाट अन्दाजी २ सय मिटर तल खसेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुने मध्ये १२ जनाको पहिचान खुलेको छ । दुर्घटनामा विष्णुमान बज्राचार्य, उनका भाई सचिन बज्राचार्य, कृष्णमान शाक्य, क्षेत्रमान शाक्य, गीता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, सुशील श्रेष्ठ, देवेन्द्र प्रधान, वसन्ती खाँड र कृष्ण्णबहादुर बोहराको मृत्यु भएको छ । मृत्यु हुने मध्ये कृष्णबहादुर बोहरा डिभिजन सहकारी पाल्पाका प्रमुख हुन् । सचिन बज्राचार्य र लक्ष्मी कार्कीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
घाइते मध्ये १० जनाको युनाइटेड मिसन अस्पताल तानसेन र २ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

First project initiated by Jagsul Foundation (Journey to faith)

477 whales die in ‘heartbreaking’ New Zealand strandings

Government is committed to creating investment-friendly environment: PM …

प्रतिनिधिसभा संसद भंग, कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा (विज्ञप्तिसहित)

Organic methods to control Root Knot Disease of Vegetables in Nepal

Lions club of Kathmandu new waves year 2020/21 presented yearly program …

Lions club of Kathmandu new waves under 325 A2 organized tree Plantation…

प्रतिक्रिया