प्रहरी कार्यालयको क्यान्टिनमा हवल्दार पत्नीको शव, हत्या कि आत्महत्या ?

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाको क्यान्टेनमै एक जना महिलाको शव भेटिएको छ। बिहीबार राति करिब १ बजेतिर जाजरकोटकी ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको हो ।
कल्पना जाजरकोट घर भइ जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती रहेको पुष्टि भएको छ । कल्पनाको क्यान्टिनमा झुण्डिएको अवस्थामा शव फेला परेकाले हत्या वा आत्महत्या के हो भन्ने बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए । मृतक कल्पना सोही क्यान्टिनमा काम गर्ने गरेको बुझिएको छ ।
श्रेष्ठको शव परीक्षणका लागि जिल्ला अस्पताल गुलरियामा लगिएको र घटना बारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।राजुसिंहले श्रीमती कल्पनालाई पहिले पनि बेलाबेलामा घरेलु हिंसा गर्ने गरेका कारण आत्महत्या वा हत्या के हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयमै भएको यस्तो घटना रहस्यमय भएको र शान्ति सुरक्षामा पनि आशंका उब्जन सक्ने देखिएको छ । – रासस
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_1PQgB2omZX_sm162ifahpn1sdu8tgujwjnaweobdfwqraypumilm1klwjopwywiyerjt9pc.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया