हत्यारालाई समेत किन पक्राउ गर्ने आँट गर्दैन प्रहरी ?

वीरगञ्ज । रौतहट जिल्लाको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालाई जनकपुर उच्च अदालतले जन्मकैदको फैसला सुनाएपति प्रहरीले हालसम्म पनि पक्राउ गर्न सकेको छैन । वीरगञ्जमा हिन्दू युवा संघका तत्कान केन्द्रीय अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा कुशवाहालाई उच्च अदालतले हत्या अभियोगमा जन्मकैदको सजाय भएको हो ।
जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगञ्जले गत फागुन २८ गते कुशवाहालाई जन्मकैदको फैसला सुनाएको जनाइएको छ । तर, माओवादीका शिर्ष नेताको संरक्षण पाएका उनलाई प्रहरीले प्रक्राउ गर्ने आँट गरेको छैन ।
कुशवाहाले माओवादी केन्द्रका तर्फबाट मेयरमा जितेका हुन् ।
यसअघि तिवारीको हत्या अभियोगमा चार वर्ष पहिले नै पक्राउ परेका सियारामलाई पर्सा जिल्ला अदालतले सफाइ दिएपछि रिहा भएका थिए । चार वर्ष पहिलेको जिल्ला अदालतको उक्त फैसालालाई उल्टयाउँदै जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगञ्जले कुशवाहालाई जन्मकैदको फैसाला सुनाएको छ ।
जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासका न्यायधीशद्वय लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको संयुक्त इजलाशले फागुन २८ गते नै कुशवाहालाई जन्मकैदको फैसला सुनाएको हो । त,र उनलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन ।
जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगञ्जका रजिष्ट्रार बाबुराम दाहालले अदालतको फैसला कार्यान्वयनका लागि फैसलाको लगत जिल्ला अदालतमा पठाएपछि जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालयमार्फत कुशवाहाविरुद्ध पक्राउ पुर्जी जारी गर्ने बताए ।
हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको २०६७ साल असार १२ गते साँझ वीरगञ्जको अशोकवाटिकास्थित शिव पार्वती मन्दिर परिसरमा गोली हानी हत्या गरिएको थियो ।
प्रहरीका अनुसार, मोटरसाइकलमा सवार भएर मन्दिरमा पुगेका सियराम कुशवाहा र बाराको हरैयाका अमनप्रसाद कुशवाहामध्ये सियरामले पेस्तोलबाट गोली चलाएर तिवारीको हत्या गरेका थिए । हत्यापछि फरार रहेका सियरामलाई प्रहरीले तिवारीको हत्या भएको साढे तीन वर्षपछि २०७० साल पुस १ गते चितवनको भण्डराबाट पक्राउ गरेको थियो ।
जिल्ला अदालत पर्साले निर्दोष रहेको भन्दै सफाइ दिएपछि उनी पक्राउ परेको एक महिनामै रिहा भएका थिए । तिवारीको हत्यामा संलग्न बारा हरैयाका अमनलाई भने प्रहरीले २०६८ साल भदौ २२ गते पक्राउ गरको थियो । अमन हाल वीरगञ्ज कारागारमा छन् । अमनकै बयानका आधारमा प्रहरीले सियारामलाई पनि पक्राउ गरेको थियो ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_F5QIEJr6NQ_4ubpptwoiztqmpf3gsz2knye1kdb7oyglvq3q3ivtlhcocdasglbgnn2nrbh.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_ydOZz8Dwka_s4ufskrt7wu57eyvrrg7rjbaowhjtvkjzsily3w0pnacyyq2flwjrjzmnyp1.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_KKY5a9h45u_gyheiapongsv9igmddnjcnyfbt7jc6q08mzbkoug76b0ps2zwfelsaaxhx6y.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_FfJDuSjQkG_3owrce9ncpu3rsuefbcfjqyu8wwv3qqlxlll3i4xj09dzwwar8nbxwtm96es.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया