ट्रम्पलाई किमको चेतावनी

काठमाडौं :
विश्व नै नयाँ वर्षमा झुमिरहेका बेला उत्तरको कोरियाली शासक किम जोङ उनले अमेरिकालाई चेतावनीयुक्त सन्देश दिएका छन् । किमले आफूले चाहे जुनसुकै बेला अमेरिकामाथि क्षेप्यास्त्र प्रहार गर्न सक्ने चेतावनी दिएका हुन् ।
उनले अमेरिकाको सम्पूर्ण भूभाग उत्तर कोरियाली क्षेप्यास्त्रको निशानामा रहेको आफ्ना सबै क्षेप्यास्त्रको ‘स्वीच’ आफ्नै टेबलमा रहेको भन्दै अमेरिकालाई धम्कीपूर्ण भाषामा चेतानवी दिएका हुन् । उनले भनेका छन्,‘उत्तर कोरियाले चाह्यो भने जुनसुकै बेला क्षेप्यास्त्र प्रयोग गर्न सक्छ ।’ किमले अमेरिकाले कहिल्यै पनि उत्तर कोरियाविरुद्ध युद्ध गर्न नसक्ने समेत दाबी गरेका छन् ।
उनले आफ्नो मुलुक ठूलो परमाणु शक्ति बनेर स्थापित हुने दावी समेत गरेका छन् । प्योङयाङ टेलिभिजनमा नयाँ वर्षको सन्देश दिँदै किमले अमेरिकालाई भनेको कुरा कुनै चेतावनी नभइ वास्तविकता भएको समेत बताएका छन् । उत्तर कोरियाको यो भनाइले अमेरिका संगसंगै छिमेकी मुलुक दक्षिण कोरिया र जापानलाई समेत अप्ठेरोमा धकेलेको छ ।
किमले उत्तर कोरियाले दक्षिण कोरियामा विन्टर ओलम्पिकको टिम पनि पठाउने बताएका छन् । अमेरिकालाई दिएको चेतावनीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने,‘हेरौंला हेरौंला’ भन्ने प्रतिक्रिया दिएका छन् । एजेन्सी
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_58jzf9zyGp_tdl2ty36025ozahgxtja53qqb1agmlmd5m2mylq4wzl9yhqnvxcazex7vmfx.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया