जापानः
सबल र सुदृढ एनआरएनए जापान बनाउने नाराका साथ एनआरएन जापानका वहालवाला उपाध्यक्ष सुदन थापाले अध्यक्षमा उमेद्वारी दिनुभएको छ । आफ्नो उमेद्वारी घोषणासँगै थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत उमेद्वारीको जानकारी गराउनुभएको छ । थापाले अध्यक्षमा उमेद्वारी घोषणा गर्दा आफ्नो २१ बुँदे घोषणापत्र पनि सार्वजनिक गर्नुभएको छ ।
थापाले जापानमा रहेका ४५ हजारको हाराहारीमा रहेका नेपाली मध्ये ३ हजारजति मात्र एनआरएनका पञ्जिकृत सदस्य रहेको अवस्था उल्लेख गर्दै एआरएनए सदस्य बन्ने हैसियत राखेका जापानमा बस्ने सबै नेपालीलाई एनआरएन जापानमा आवद्ध गराउने चुनौती रहेको बताउनुभएको छ । उहाले जापानमा रहेका सबै नेपालीहरुको साझा संस्था र अभिभावकको भुमिकामा एनआरएनए जापानलाई पुर्योउने उद्धेश्य आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गर्नुभएको छ ।
अध्यक्षका उमेद्वारको रुपमा थापाले एआरएनए जापानमा आवद्ध नेपालीको डाटा अद्यावधिक गर्नुपर्ने आवश्यकता औंल्याउँदै जापानमा रहनुभएका नेपालीहरु कहाँ कसरी के गरेर बसिरहेका छन् भन्ने बारे स्पष्ट तथ्यांक तयार पार्नका लागि क्रियाशिल हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 
sudan thapa
सामान्य तरिकाले सामान्य काम गरिरहेका मान्छेहरुलाई एनआरएनए जापानको मुलप्रवाहमा जोड्ने तथा एनआरएनए जापान सामान्य गरिखानेहरुको संस्था होइन, धनी र हुनेखानेहरुको मात्रै संस्था हो भन्ने भावनालाई परिवर्तन गर्न कटिबद्ध भएर लाग्ने प्रतिबद्धता समेत थापाले घोषणापत्रमा उल्लेख गर्नुभएको छ ।
गैर आबासीय नेपाली संघ, जापानको २०१५(२०१७ को लागि अध्यक्ष पदको उमेद्वारी घोषणा गर्दै थापाले आर्थिक पारदर्शितामा जोड दिदै थापाले यसका सन्दर्भमा मानक बनाएर काम गर्ने बताउनुभएको छ । जापानमा आकर्षक तलब र कामको लोभ देखाएर नेपालीसँग लाखौं रुपैया असुल्दै जापान ल्याई अलपत्र पारेको घटनालाई निरुत्साहित गर्न त्यस्ता व्यक्तिहरुको पहिचान र उनीहरुलाई एनआरएनएबाट वहिष्करण गर्ने प्रस्ताव समेत थापाले गर्नुभएको छ ।
अगस्त ३०, २०१५ मा संस्थाले निर्धारण गरेको अधिबेशनका लागि उमेद्वारी घोषणा गर्दै थापाले जापानी भाषा र जापानी अध्यागमन कानुनबारे राम्रो ज्ञान भएका साथीहरुको समुह बनाइ एनआरएनए मार्फत आवश्यक भएका साथीहरुलाई समुह बनाई प्रशिक्षण दिने कार्यको थालनी गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । उहाँले प्राकृतिक विपत्तीका विषयमा विज्ञहरु सम्मिलित समुह बनाइ जनचेतनामुलक कार्यक्रमको थालनी गर्ने समेत बताउनुभएको छ ।
भुकम्पपछि नेपालमा गएर राहत कार्यक्रममा सहभागि आउनुभएका थापाले भुकम्पबाट नेपालको पर्यटन क्षेत्रमा पनि असर गरेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । वैदेशिक मुद्राको स्रोतको रुपमा रहेको पर्यटन उद्योग भुकम्पका कारण खस्किएको अवस्थामा जापानीहरुलाई नेपाल लैजान विशेष अभियान सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो। यसका लागि थापाले ुएक एनआरएन एक पर्यटकु अभियान शुरु गर्न एनआरएनए जापानलाई क्रियाशिल गराउने प्रस्ताव सार्नुभएको छ । साथै जापानमा नेपाली संस्कृति र खानालाई पहिचान गराउन नेपाली फेस्टिवललाई जापानका मुख्य शहरहरुमा मात्र नभइ हरेक क्षेत्रमा आयोजना गर्ने प्रतिबद्धता समेत उहाँले गर्नुभएको छ ।
नेपालमा असार १० गते भएको दाता सम्मेलनमा सहभागिता जनाउनुअघी जापानी परराष्ट्र मन्त्रालयले एनआरएनएप्रति देखाएको अभिरुचीबाट पनि जापानमा रहेका एनआरएनका समस्याहरुलाई उजागर गर्न सम्भव हुने देखिएकोमा थापा आशावादी हुनुभएको छ । यस अवसरलाई सदुपयोग गर्दै नेपाली समाज र जापानी समाजबीच सम्वन्ध स्थापना गर्दै नेपाली र स्थानिय प्रसासन तथा केन्द्रिय प्रसासन बीचको सम्वन्ध स्थापना गर्दै नीतिगत निर्णयहरु गराउन पहल गर्ने थापाले चुनावी घोषणापत्रमा जनाउनुभएको छ ।
जापानमा रहेका नेपालीहरुलाई भैपरि आउने समस्यामा खर्च हुनेगरि ५ करोड येनको आकस्मिक कोष स्थापना गर्न लागिपर्ने उल्लेख गर्दै कोष स्थापनार्थ डिसेम्बर २० तारिखमा थापाकै संयोजकत्वमा नेपालका प्रख्यात कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतको कलाकारहरुको समुह च्यारिटी कार्यक्रमको लागि जापान ल्याउने व्यवस्था गरिएको उहाँले प्रष्ट्याउनुभएको छ ।
नेपालमा जापानी लगानी भित्र्याउन परामर्श तथा सहयोगको निम्ति जापानमा रहनुभएका विज्ञ, लगानीकर्ता, व्यवसायी सम्मिलित एक समुह गठन गर्न प्रस्ताव गर्दै उहाँले जापानमा रहेका नेपाली व्यवसायी तथा नयाँ व्यवसायीलाई सहयोगको निम्ति विजिनेस सपोर्ट सेन्टरको स्थापनाको पहल गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघसँग समन्वय गर्दै आपसी व्यापार प्रवर्दन गर्नेतर्फ लाग्ने योजना अघी सार्दै थापाले नेपाली बस्तु तथा सेवालाई जापानी बजारमा प्रबर्द्धन गर्ने काममा लाग्ने समेत बताउनुभएको छ ।
रोजगारी तथा अध्ययनका लागि आउनुभएका नेपालीको सहयोगको लागि हेल्प डेस्कलाई जापानका हरेक क्षेत्रमा स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्दै थापाले एनआरएनए जापानले शुरुवात गरेका हेल्प लाइन, ड्रीम नेपाल जस्ता कार्यक्रमलाई अझ व्यवस्थित रुपमा अघी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भुकम्पबाट प्रभावित नेपालीहरुको सहयोगका लागि एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदसँग सहकार्य गर्दै जापानका सम्पूर्ण संघ संस्थाहरुसँग सरसल्लाह र समन्वय गर्दै नेपालका भुकम्पीय क्षेत्रमा विद्यालय स्थापना गर्न बिशेष पहल गर्ने उहाँले आफ्नो घोषणापत्रमा उल्लेख गर्नुभएको छ ।
राजदुतावासँगको सम्वन्ध अझ सुदृढ बनाउँदै सम्पूर्ण समुदायलाई समेटेर अघी बढ्ने प्रतिबद्धता समेत थापाले जनाउँनुभएको छ । एनआरएनए जापानको सदस्यता व्यवस्थापनको कामलाई प्राथमिकतामा रिखेर काम गर्ने उल्लेख गर्दै अध्यक्षका उमेद्वार थापाले सम्पूर्ण सदस्यको तथ्याङक व्यवस्थित तरिकाले राखिने जनाउनुभएको छ ।
काठमाडौंमा निर्माणाधिन एनआरएन भवन निर्माणका लागि एनआरएनए जापानले नेतृत्वदायि भुमिका निर्वाह गर्ने जनाउँदै उहाँले परिषदले भने अनुसार भवन निर्माणका लागि सहयोग राशी संकलन गर्ने जिम्मेवारी पुरा गर्नेमा थापा आफू क्रियाशिल हुने बताउनुभएको छ ।
स्थापनाकालदेखि नै एनआरएन जापानले एनआरएनए अभियानमा निर्वाह गरेको भुमिकालाई अझ अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्दै थापाले विगत लामोसमयदेखि नै एनआरएनए अभियानमा अग्रपंक्तिमा रहेर क्रियाशिलता देखाउँदै आएको पुस्ताको सम्मान गर्दै नयाँ पुस्ताको साथ लिएर एनआरएन जापानलाई अझ क्रियाशिल बनाउने लक्ष्य राख्नुभएको छ ।
थापा यसअघी सन् २००८मा एनआरएनए जापानको कार्यसमिति सदस्यमा दुई बर्षका लागि निर्वाचित हुनुभएको थियो । सन् २०११ देखि २ बर्षका लागि एनआरएनए आइसिसीको युवा प्रतिनिधीको रुपमा समेत थापाले काम गर्नुभएको छ । सन् २०१३देखि २ बर्षका लागि एनआरएन जापानको उपाध्यक्षमा निर्वाचित भए यता एनआरएनएका हरेक राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रममा सक्रिय सहभागिता जनाएको थापाले बताउनुभएको छ।
ुएक दशक लामो बसाइ, भोगाई तथा यहाँहरुको साथमा निरन्तर रहेको सामाजिक सक्रियतामा सिकेका ज्ञान, सिप, अनुभब र नेपालीहरुको सामाजिक मागहरुको संयोजन गर्दै आफुलाई सामाजिक कार्यमा केहि समय समर्पण गर्ने दृढ अठोट बोकेर सबै गैर आबासीय नेपालीहरुको साझा संगठन गैर आबासीय नेपाली संघ, जापानको आगामी कार्यकाल २०१५(२०१७ को लागि अध्यक्ष पदको उमेद्वारी घोषणा गर्दछु ।ु थापाको घोषणापत्रमा उल्लेख छ ।
प्रतिक्रिया