कतारको खुल्ला भलिबल प्रतियोगिता २०१५ को उपाधि थ्री स्टारलाई

दिल कुमार श्रेष्ठ, दोहाः इदको अबसरमा आयोजित कतारको खुल्ला भलिबल प्रतियोगिता २०१५ को उपाधि थ्री स्टार क्लब कब्जामा परेको छ । पर्बत खेलकुद क्लब कतार र नेपाल प्रबास जातिय भेदभाब उन्मुलन साझा मन्च दोहा कतारका नेपाल प्रबास जातिय भेदभाब उन्मुलन साझा मन्च दोहा कतार र पर्बत खेलकुद क्लब कतारको संयुक्त आयोजोनामा अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिताको आयोजना सनैया ४७ को भलिबल मैदानमा गरेको थियो । दिप प्रज्वलनसंगै ब्यानर अबरणको साथमा रास्ट्रिय गान संगै सुरुवात गरिएको कार्यक्रमको अध्क्षयता साझा मंचका अध्यक्ष भिम सुनार ज्युले गरेका थिए । प्रमुख अतिथिमा म्याग्दी सेवा समाजका अध्क्षय रेशम बहादुर शाही रहेको सो कार्यक्रमको संचालन पर्बत युवा सेवा समाजका मह सचिब दिल कुमार श्रेष्ठले गरेका थिए । Ball1

त्यसैगरि बिसेष अतिथि तथा अतिथिहरुमा पर्बत खेलकुद क्लब कतारका संयोजक अजय बि।क र अन्य अतिथिहरुमा क्रमसपर्बत युवा सेवा समाजका शबिन्द श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौँ का उपाध्यक्ष याम प्रसाद श्रेष्ठ,बाग्लुङ्ग सेवा समाज, प्रमुख सल्लाकार पर्वत सेवा समाज पूर्ण बहादुर नेपाली, जी। बि। परियार साझा मंच सल्लाकार, चिन्ता मणि पौडेल पर्वत सेवा समाज, जीवन सुनार साझा मंच खेलकुद संयोजक, अमिरिकन बिस्वकर्मा अध्यक्ष्य बिस्वकर्मा सेवा समाज, याम बहादुर के।सी।, मन्दन गुरुङ, गोपी रसाइली रहनु भएको थियो । स्वागत मन्तब्य दिएका संयोजक अजय बिकले सम्पूर्ण खेल बारे जानकारी दिदै खेल जिबन कै अभिन्न अंग भएको र खेलले सबैलाई एकताको सुत्र बढ्ने र भाइचारा कायम गर्ने छ साथै प्रतियोगितामा सहभागी सम्पूर्ण संघसस्थाहरु खेलाडी दर्सक सहयोगीहातहरु हार्दिक आभार ब्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए । ईस्लाम धर्मालम्वीहरुको पवित्र पर्व इदको अवसरमा संचालित प्रतियोगितामा प्रदेशमा रहेर रहेर पनि आफ्नो खेल कलालाई निखार्दै एक विभिन्न संघसस्था क्लब तथा समुह तथा कम्पनीमा रहेर खेल्दै आएका ३२ टिमको सहभागिता रहेको थियो िसबै खेलहरु नकआउट तथा टिटी सिस्टमबाट बाट खेलिएको थियो । लगातार ३ दिन सम्म संचालित भलिबल प्रतियोगिताको लागि मिलिजुली स्पोर्टस क्लबले मैदानको व्यवस्था गरेको थियो ।ball 2
ball 2
सहभागी टिम मध्य तेस्रो तथा अन्तिम दिनमा सतप्रतिशत नतिजा निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका ४ टिम बाँकि रहेका थिए खेलहरु निकै प्रतिस्पर्धात्मक तथा रोमान्चक रहेको थियो । प्रतियोगिताको फाइनलमा तमु समाजलाई हराउदै पर्बत रातो र पर्बत निलोलाई हराउदै थ्री स्टार क्लब पुगेका थिए । फाइनलमा पर्बत खेलकुद क्लब रातोलाई हराउदै उपाधि कब्जा गरेको थ्री स्तरले सिल नगद सहिद प्रमाणपत्र प्राप्त गरेको थियो । त्यसै गरि दोस्रो भएको पर्बत रातोले नगद सहिद प्रमाणपत्र, तेस्रो तमु समाज तथा सान्तोना पर्बत निलोलालाई पनि नगद पुरस्कार सहिद मेडल तथा प्रमाणपत्र प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित