कतारमा विदेशी कामदारको तलब नेपालीको भन्दा कम

काठमाडौं :
कतार सरकारले पहिलोपटक विदेशी कामदारका लागि न्यूनतम मासिक तलब तोकेको छ । आप्रवासी कामदारमाथि शोषण भएको भन्दै विभिन्न मानव अधिकारवादी संस्थाहरुले आलोचना गरिरहेका बेला कतारको श्रम मन्त्रालयले पहिलोपटक मासिक न्यूनतम तलब ७ सय ५० रियाल तोकेको हो ।
कतारले तोकेको यो न्यूनतम तलव अपेक्षाभन्दा निकै कम हो । नेपालले यसअगाडी नै कतार जाने नेपाली कामदारको न्यूनतम तलव ९ सय रियाल र खाने बस्ने शुल्क ३ सय हुनुपर्ने नियम लागू गरिसकेको छ । नेपालको बैदेशिक रोजगार बिभागले सोही आधारमा अनुमति दिँदै आएको छ । कतारले अहिले ल्याएको न्यूनतम तलवमान नेपाली कामदारले पाउँदै आएको तलवभन्दा निकै कम हो ।
कतारी श्रममन्त्री इसा अल नउमीले कुनै पनि रोजगार सम्झौतामा विदेशी कामदारको तलव ७ सय ५० भन्दा कम छ भने आफूहरुले त्यसलाई स्वीकृत नगर्ने भन्दै सबै सम्झौताहरु अब मन्त्रालयले नै स्वीकृत गर्ने बताएका छन् । उनका अनुसार अब विदेशी कामदारले न्यूनतम तलबसँगै निःशुल्क आवास, खाना र स्वास्थ्य सेवासम्बन्धी सुविधा पनि प्राप्त गर्नेछन् । सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले विदेशी कामदारमाथि भइरहेको व्यवहारका विषयमा आलोचना खेप्दै आएको थियो ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_vGgrVZUpL2_j7bfpsqmsnfwvluakyds90z8csf8qqdzzozljppgtmbi5xpbymrgixgl75hk.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया