ओलीले एक तिहाई बोलेर दुई तिहाई सुने राम्रो

करिब पचास लाख बढी नेपाली जनता भूकम्पबाट घरबारबिहीन र परिवारबिहिन अवस्थामा हिउँदको चिसोसँग पौठेजोरी खेलेर जीबन गुजारीरहेका छन् । तर, मुलुकका प्रधानमन्त्री ओली भूकम्प पीडितको ‘लगलग कमाई’ र कठ्याँग्रिएको जाडोमा एकसरो लुगा, कम्वल र १५ हजार रुपैयाँ बितरण गर्न सक्र्दैनन् । अनि भाषण गर्दै हिंड्छन ‘अब नेपाली जनताका दुःखका दिन गए, घर घरमा पाईपबाट ग्याँस बितरण गरिनेछ, विजुलीबाट सवारी चल्नेछन् ।’
प्रधानमन्त्री ओलीले यतीमात्र होइन् भूकम्पपीडितलाई घर बनाउन पहिले दुई लाख र पछि तीन लाख रुपैयााँ अनि २० लाखसम्म ऋण उपलब्ध गराउने भन्दै आश्वासन दिइरहेका छन् । तर, भूकम्पपीडित जनतालाई प्रधानमन्त्रीका त्यस्ता तिलस्मी, आडम्बरी, हावादारी र काल्पनिक अनि कर्णप्रीय भाषणले कहिँ कतै छोएको छैन । पीडित जनतालाई प्रधानमन्त्रीको त्यस्तो भाषण र क्रियाकलापले मात्र छुने छ, जतिबेला पीडित जनताले जाडोको अन्त्य हुने बेलासम्म भएपनि सरकारले उपलब्ध गराएको १५ हजार पाउने छन अनि न्यानो लूगा पाउने छन् ।
नत्र ओलीका कर्णप्रीय, आदर्श बाणी र महत्वकांक्षी योजनाले नेपाली जनतालाई कहीँ कतै छुने छैन । प्रकृतिले नैं हामीलाई एउटा मुख र दुई वटा कान र दुई वटा आँखा दिएका हुन् । त्यसैले प्रधानमन्त्री ओलीले पनि प्रकृतिको देन अनुसार नैं एक तिहाई बोलेर दुई तिहाई सुने राम्रो हुन्छ ।
अनि एक तिहाई बोलेर दुई तिहाई आँखाले हेरर मनन गरे हुन्छ । बालुवाटारको महलमा बसेर भूकम्पपीडितको खुल्ला आकासमुनिको बासको अनुभव लिन सकिदैन । तसर्थ जनताको प्रतिनिधि भएको नाताले ओलीले जनताको मर्म, दुख र भावनालाई पनि बुझ्न सक्नु पर्छ । तसर्थ कुरा कम, काम बढी गरेमा नैं प्रधानमन्त्री ओलीको मर्यादा, मान, सम्मान र नाम अझ उँचो हुने थियो ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_S2CxA3LydG_qyavp7cz9dxcipesshf3ybwabsuqpi0ayezvwijnmimz4q9zirifzapq2ub8.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_43HZkevB7Y_y7v0rtt9zxu6ljapy5zixokag4icturoym0b8wpvtpmdqzykluufwqkdo3qb.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_gOMasmcO5k_mmdqiengjtmtgu0syjahdt9qx3zpphxajsw1bkalr0ytq8gpiu676u4idkdh.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_i7XsGQxwQV_n8j0qgfgsffkkezmyeqnkpcbmbtj5yedjitptw39vb3wryqvbdtjmcqgrn0z.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया