प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_ABnE1TWMVH_ibdrrk6smu7uxvcjzliadqubt2scc5p9wik9qebf0qh76hqal1tweskpne4v.jpg)
काठमाडौं ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रवार बिदाइ गरिएको छ । आयोगले एक कार्यक्रमको आयोजना गरी थपलियालाई बिदाइ गरेको हो ।
आयोगको प्रमुख निर्वाचन आयुक्त थपलिया नेपालको संविधानको धारा २४५ को उपधारा (३) बमोजिमको छ वर्षको पदावधि पूरा गरी आज वैशाख ६ गते निवृत्त हुँदै छन् ।आयोगका पदाधिकारी एवं कर्मचारीहरूले एक कार्यक्रमका बीच प्रमुख आयुक्त थपलियाको बिदाइ गरेका थिए । बिदाइ कार्यक्रममा प्रमुख आयुक्त थपलियालाई आयुक्तहरू रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबराले पुष्पगुच्छा र मायाको चिनो प्रदान गरेका थिए । सो अवसरमा आयोगका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट आयोगका सचिव भरतमणि सुवेदी र महाशाखा प्रमुखहरूले पुष्पगुच्छासहित बिदाइ गरेका थिए । थपलिया संविधानको धारा २४५ बमोजिम वि.सं. २०७६ वैशाख ६ गते प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त भएका थिए ।
बिदाइ समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको छ वर्षको अनुभवलाई लोकतन्त्रको सुदृढीकरण र निर्वाचन व्यवस्थापन सुधारका लागि सृजनात्मक चिन्तन र अनुभूतिको आत्मदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताए । उनले भने,‘यस अवधिमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका आवधिक निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभा सदस्य निर्वाचन र विभिन्न उपनिर्वाचन स्वच्छ र स्वतन्त्र रूपमा सम्पन्न भई जनमतको स्वःस्फुर्त अभिव्यक्तिमार्फत लोकतन्त्रको संस्थागत सुदृढीकरणमा योगदान पुगेको छ ।’
साथै उनले स्वतन्त्रताको उद्घोषसँगै सुरू भएको र समयले परिपक्व बनाउँदै लगेको नेपालको निर्वाचन जनताको अभिमतले लेखिएको लोकतन्त्रको महागाथा भएको बताए ।
उनले भने, ‘निर्वाचन आयोगले झन्डै छ दशकमा भोगेको राजनीतिक व्यवस्था, निर्वाचन प्रणाली र निर्वाचन व्यवस्थापन प्रक्रियाका उतारचढावपूर्ण यात्राले निर्वाचन लोकतन्त्रको आत्मा हो र नागरिक सहभागिता त्यसको प्राण हो भन्ने स्पष्ट सन्देश प्रवाह गरेको छ ।’
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगको कुशल नेतृत्व तथा आयोग परिवार र सरोकारवालाबीचको आपसी समन्वय र क्रियाशीलताबाट निर्वाचन व्यवस्थापन प्रक्रियामा सुधार हुँदै गएको उल्लेख गरे । बिदाइ समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले २०७६ साल वैशाखदेखि २०८१ चैतसम्म निर्वाचन आयोगबाट सम्पादित प्रमुख कार्यहरूको विवरण रहेको निर्वाचन आयोगका छ वर्ष शीर्षकको पुस्तिका सार्वजनिक गरेका थिए।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_qGChshAcdA_6ygdxnruldnxzuygkhxrceke9anb0ghdlqa1mzd3crrkvi1fddttldkxgcf7.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_rwHorU4I3b_ac576omme6nphidspxzqel4tpfxvfpy2z2wditog4jjzxq4cwhbupridhkqn.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_KxPurwYnnF_3wubhdfstxrqjqdwvviktazed0c6vmatdvmk2rezmigaonabygppb5esmiio.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_tdPtfbqYY9_xprivoyt7zm1zbnovye4kjhuzcoeazbq0amquwr5ll4ibt1smxawj6uovcvp.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_ypnpBjY0wN_95jeuvfm3zbptgufeyymy5u6kgqaecrpjw4tg6olylmxiksz8qsiwvoi39n6.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_J2T9bHD7BU_qe0fpvnlaq6svjay7fbs0ijzhvzbgcqx8lhdzpupacxvwbf9gmtt8ktqsibr.jpg)
बिस्का जात्रा कहिलेदेखि मनाइयो भन्ने प्रष्ट अभिलेख छैन् : राजेन्द्र श्रेष्ठ
%2520(20)_MVtiMcMqbz_wr5xdkklprtc7o5jtct9lt8zuuhv2orcopjnezzsflld61cti0scdwp5ixjt_1XhYweQEnE_zbhsk8ft8dvwatknvj666ilitmstpfkr3dx4bgf5j2yfd2bg5v10sphxqkku.jpg)
प्रतिक्रिया