बिरगन्जमा कफ्र्यु हट्यो, निषेधाज्ञा जारी
_ZmveNKDqRZ_mts4lqtrk7ozmriy8wmlplzh0tdcrtbldz2h6rthoczao3ybldujuz4h39km_DQh7iYzWsK_1bevtwesikcnpgtv3gamsadkiqdrjojsf5nrmihg1krxkswynvboqsgaugcn.jpg)
रौतहट ।
पर्सा प्रशासनले बिरगन्जमा लगाएको कफ्र्यु हटाएर निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय एक सूचना जारी गर्दै सोमबार देखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको उल्लेख गरेको छ ।
कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत दीपक पटेलले बताए ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क ) बमोजिम निषेधाज्ञा जारी भएको उनले जानकारी दिए । उनका अनुसार सर्वपक्षीय बैठकले शनिवार साँझ देखि लागू गरिएको कफ्र्यु आदेश निन्तरता दिइरहनु पर्ने नदेखिएकाले केही क्षेत्र र समयका लागि छुट दिने र कफ्र्युको साटो निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार निषेधाज्ञा जारी भएको र उक्त आदेशलाई उल्लघन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारवाही गरिने पर्साका प्रशासकिय अधिकृत पटेलले बताए ।
पुर्वमा बाइपास रोड, पश्चिममा सिर्सया पुल, उतरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेट सम्म निषेधाज्ञा जारी भएको पर्सा प्रशासनले जनाएको छ ।
सर्वदलीय बैठकमा पाँच बुँदे सहमति
जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय बैठकले पाँच बुँदे सहमति गरेको छ। बैठकमा प्रशासन, राजनीतिक दल, धार्मिक प्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायका प्रतिनिधिहरूले सहभागी थिए ।
बैठकमा दोषीमाथि कारवाही, घाइतेको उपचार, धार्मिक सद्भाव कायम राख्ने, हतियार प्रदर्शन निषेध गर्ने र धार्मिक संस्थाहरूको अनुगमन गर्ने जस्ता महत्वपूर्ण निर्णयहरूमा सहमति जनाएका छन्।
हनुमान जयन्तीको अवसरमा आयोजित शोभा यात्राका क्रममा उत्पन्न भएको दुई पक्षबीचको झडपलाई लिएर झडपश्चात् वीरगञ्जमा उत्पन्न तनावपूर्ण अवस्था सहमतिपछि क्रमशः सामान्य बन्दै गएको छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_Z133b8jjXv_omyvrphxrsishblit5gjvck573gedjzhxtj1t50lun3750xbt9rnr5o6mevg.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_UrAcTLFvTU_pekpef5uihit6i4oiebrtuwearh3fn40srzpl59cqbgfgqw96rhe4maaraxi.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_AJkkkQznSC_vyhtesmeaqgb4cxujmoxw9h1gwnbdb4uhbaddby8jyu62hiuega4y9pi1tgp.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_Z6wgYI40Cs_x4ml4vlhnc92qx8szvj7d8rycqtcqe1o71bxdv0lnguncczxte30yurl83nx.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_kUqkCFFNNf_dd3fuhydishpnnsljbqcnwlyzx1nmf6jx9y4on5extj4nhpidxcfokxhbv9o.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_6nhyo3R8pO_ry3qc8vnqicgpt9i1lafzrm3fvkhxvm10evz5cy8yia8yxvnpluzihi5onpp.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_4bYpOjt4jS_eqhecmy2d9mentswvyilenkzbchxrkvow8ylsyawadycakma0ubes3ginc8k.jpg)
प्रतिक्रिया