कफ्र्यु उल्लंघन गर्ने ४० जना पक्राउ
%2520(9)_kpiD5nC5kb_onala5lkx33t8ykcoq57clbsf5clp56u7urufuek4yvoueaimtdebh4xntzd_wPiC2gUuiD_emfg30x1oleulzpoutnl10roiszv6bbvpw2nazdhfivlwmfl4g4faoybtcwv.jpeg)
दिपेश पौडेल / रौतहट
पर्सा । पर्सा प्रहरीले कफ्र्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई पक्राउ गरेको छ । आइतबार विहानदेखि १० बजेसम्ममा विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । स्थानीय प्रशासनले लगाएको कफ्र्यु उल्लंघन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए ।
स्थानीय प्रशासनले तोकेको आदेश विपरित कार्य गर्नेलाई तत्काल नियन्त्रणमा लिने र अटेर गर्नेलाई गोली हान्ने आदेश भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन उनले आग्रह गरे । अहिले वीरगञ्जको अवस्था सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालयमा अहिले सर्वपक्षिय बैठक बसिरहेको छ ।प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, बैठकले मध्यान्ह १२ बजेपछि कफ्र्यु हटाउने वा थप समयका लागि जारी राख्नेबारे निर्णय गर्नेछ ।
वीरगञ्जमा शनिबार भएको घटनाले धार्मिक सदभाव विथोल्न सक्ने भन्दै स्थानीय प्रशासनले तनाव व्यवस्थापनको लागि सर्वपक्षिय बैठक राखेको हो । यता भारतको रक्सौल नाका हुँदै नेपाल भित्रिने यात्रुहरू कफ्र्युका कारण सीमा क्षेत्रमा अलपत्र परेका छन् । यात्रुहरूलाई गन्तव्यमा सहज पुग्न स्थानीय प्रशासनले वैकल्पिक नाकाहरू प्रयोग गर्न सुझाएको छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_ilbsTepBFc_jtr06zn9izt8ymocglguskhxbcmfsgcozcui291jypuisdr5u5shygjml5vh.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_KHE9yLJ07K_zzal9tecf0hmrktqjdfq9ow4iscaukq43xdmihfxoenwjpstc8wwckrw4vbm.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_xEUz27Hvex_basspmtg8rxwyz3y08lwsghmt6bz6k1cxz1q339qykuzwm0l7ckordgabc5h.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_OB4Plqw0Vz_cavfcghrc6c0nltrfjgmfnotdygbncwl3pror5kjpncdhwjpujeiqmqg5wl9.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_NFScDfSuFv_lx1sffp5a9rrny0fi6cjzyjvzruzgykueifal2mymnguniakbwqbiekgxlfm.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_KW97eB2Zqk_e4enqnkgugr59pd8z2twxuwskf5byyo5qgsmm3z8b9ootdrtrrw0zosjvzjk.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_UJgCvofXJM_fvo6dae0wwd0yhcnepghx5m3o5xc2yonrpy1l5atrutpjhdhza2wnqi1gctj.jpg)
प्रतिक्रिया