चिकित्सा शिक्षण आयोगको निर्देशन उल्लंघन, शुल्क असुल गर्न थालेपछि डेन्टल विद्यार्थीहरुले विरोध प्रदर्शन थाले
%2520(24)_tOUOSYnJbF_emh6voqrhgbp0kvfzb6ju6omoyg9luwgldytshc4c9mxsemow2akevs4bskm_F4ZfbK8X6e_ff4dsy2qnbcqo1hwhdg1ck8tpqafccxcwc155l7xbjypmmnrh3ayvbkjf7ib.jpg)
काठमाडौं ।
चिकित्सासँग सम्बन्धित शैक्षिक व्यवस्थापनमा अनियमितता भएको भन्दै डेन्टल विद्यार्थीहरुको समूहले विरोध प्रदर्शन गरेका छन् । चिकित्सा शिक्षण आयोगले डेन्टल पढाइमा सहभागी हुने विद्यार्थिलाई व्यावहारिक तालिमको लागि ल्याब र बिरामी कलेजले आवश्यक व्यवस्था गर्नुपर्ने स्पष्ट निर्देशन दिएको थियो । तर, केहि कलेजहरुले आयोगको निर्देशनलाई बेवास्ता गर्दै, व्यावहारिक तालिमका लागि शुल्क असुल गर्न थालेका छन् ।
आयोगका अनुसार, यी शुल्क असुलीविरुद्ध डेन्टल विद्यार्थीहरु सडकमा उत्रिएका छन् । उनीहरुले भनिरहेका छन्, ‘शुल्क असुली रोक्न र व्यावहारिक तालिमको उचित व्यवस्था गर्न आयोगले समयमै कडा कदम चाल्नुपर्छ ।’ डेन्टल कलेजका विद्यार्थीहरु यो समस्या समाधान नभएसम्म अध्ययन बन्द गर्दै विरोध प्रदर्शन गर्न तयार रहेको बताएका छन् ।
यस विषयमा आयोगले कलेजहरुमा निरीक्षण गर्न र आवश्यक कदम चाल्न निर्देशन दिएको छ ।
चिकित्सा शिक्षण आयोगले डेन्टल विद्यार्थीहरूका लागि ल्याब र बिरामी कलेजमा प्रयोगात्मक प्रशिक्षणको व्यवस्था कलेजहरूले गर्नुपर्ने निर्णय गरेको थियो । आयोगका अनुसार, डेन्टल अध्ययन गर्ने विद्यार्थीहरूले सम्बद्ध कलेजबाट एचबअतष्अब िकार्यका लागि ल्याब र बिरामी कलेजका सुविधाहरूको उपयोग गर्नुपर्नेछ ।
विज्ञप्तिमा भनिएको छ , ‘श्री विश्वविद्यालय लगायतका सबै प्रतिष्ठान र शिक्षण संस्थाहरूलाई यस विषयमा विशेष ध्यान दिन निर्देशन दिइएको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २(थ) अनुसार, ‘शिक्षण शुल्क’ का तहत सबै कलेजहरूले कलेजमा भर्ना, शिक्षण, ल्याब, पुस्तकालय र परीक्षा शुल्क लिन सक्ने छन् ।यसैगरी, चिकित्सा शिक्षा छात्रवृत्ति तथा अनुदान कार्यविधि, २०७९ को दफा १६ मा निःशुल्क अध्ययनको व्यवस्था भएका विद्यार्थीहरूको लागि कुनै पनि शुल्क तिर्नु पर्ने छैन । उल्लिखित व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित संस्थाहरूलाई आग्रह गरिएको छ ।’
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_DWCzLCwdlq_j0vyfpribya2hwovw0h9cou7kqlx5bd8hltilpdlmofrsznachspeit21hn2.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_5liTv6croV_gintckgldk8ebpx6kfzukauqqiovhuhgazphfoxp0uel9pdjqkji0sklodb0.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_7ErHzfcMcK_yzrymhb6jnozdatc6ydicd0vyoiqzu3brwhkndasg5ennlnzvdhnet1qa749.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_7s8iAEYTYn_zzn2uslc6pvdl3mzuip9anjce7c8yrz6mvefmmk70iekejr7meyyw2dxziqr.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_hVm2EjESGp_wzplizqbmwnfclpougihpnqqa5ix4kvxth834dhtjo6fkfcuqagef4eedc8w.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_up6NNKYESW_pqxec7pn4igcrdvpfhetxdfptsgungildsduqxnmitpu59fbkby7xzht12l2.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_tZagWOvzKR_1va4ux2jjmexwyasnlxazjwzitydhjaqwogyuguibwkypi0muikyae6kd9in.jpg)
प्रतिक्रिया