विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_UBSsvLIuYT_fjvtbxzbnrvzcfgwjne8zb5kybgoqi6vy5gmtyi1uiu08fzottbgcha7prdl.jpg)
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त संस्कृति र सम्पदालाई राष्ट्रिय एकतामा बाँधेर मुलुकलाई रुपान्तरित गर्नुपर्नेमा जोड दिएका छन् । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन, २०८१ को समापन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहे प्रधानमन्त्री ओलीले हिमवतखण्ड सम्मिलन हाम्रा संस्कृति, कला, साहित्य, इतिहास र सभ्यताको एउटा मिलन भएको र यहाँ राम्रो मन्थन भएको आफूले पाएको बताएका हुन् ।
सभ्यता, ज्ञान, योग, दर्शन र संस्कृतिको सुरुवातका यही हिमवतखण्डबाट हुनुको असाधारण महत्व रहेको चर्चा गर्दै उनले यस भूखण्ड भौगोलिक, सांस्कृतिक र जैविक विविधताको नमुना भएको बताए । ‘यस्तो गौरवगाथा भएको भूखण्डको पहिचानलाई कसरी संरक्षितसहित अगाडि बढाउने भनेर हामीले साझा सङ्कल्प गर्नुपरेको छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘मानव सभ्यताका छ हजार वर्षका धेरै पुस्ताका इतिहास हामीँसग छन् । ती पुर्खाका योगदान हामीसँग छन् । आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरुलाई पेटेन्ट राइट्सका रुपमा संरक्षित गर्नुपर्नेछ । जेनेटिक मेमोरीलाई हामीले पुनःजन्म गराउनुपर्नेछ ।’
प्रधानमन्त्री ओलीले हिमवतखण्डको गौरव र नेपाली जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अगाडि बढाउने सङ्कल्पको भावलाई केन्द्रमा राखेर कार्यक्रमस्थलमै रचित कविता प्रस्तुत गरेका थिए । । समापनसत्रमा छानिएका कविहरुले कविता वाचन गरेका थिए । नेपाल र विदेशका गरी करिव पाँच सय स्रष्टा सहभागी सम्मिलनले १७ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । यही चैत १ गते पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मिलनको उद्घाटन भएको थियो ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_5e5vB1BCeI_hyexk6djpq6dgf2mrlzzthttmromp5fykjrdeplsth6fhivseu6stakhaqld.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_kUMh8zM3nD_vivkzaxjs2vse0fytgaavcvsl9fhlb0dq210u5i40dsxtsldzvlho1w3w2o6.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_IeygBVe8hI_5ecrnunmreqd9p5nyq6p2smzm494hl2y8hsai4uv1u6hzsu1wstruntb6vl4.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_nNFlbMVYwr_sml3a7i94eddjscxhrgc6enlnwehh92xk1t6n4rm2r2p5xpl4erkuxyunrpo.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_kt7FMMH5Xh_u0gx71wlnhk1lvdepr4lfbh5c0ohrow9mkb0krjs2nwz2nbcyjfpbanlsc2y.jpg)
प्रतिनिधिसभाको बैठक बस्दै
%2520(1)_a6sSKr1w5C_swejjc0ujpexqawestnry0rzz6sic652hyllk5zp8blgioy614ocqte3uqji_iTZGZFBxqM_uxudqdadpgg4hlzcgvu1fmi6oa5xlm930wwticgljsaeyjhwitpyilu6auki.jpeg)
प्रतिक्रिया