जनप्रेमी वर्ल्ड स्कूलद्वारा स्प्रिङ फेयर २०८१ आयोजना, आर्टशाला नेपालको विशेष सहभागिता

भक्तपुर ,
भक्तपुरको प्रसिद्ध शैक्षिक संस्था जनप्रेमी वर्ल्ड स्कूलले तीन दशक लामो शिक्षाको यात्रालाई थप सशक्त बनाउने उद्देश्यले यही चैत्र २ गते, शनिबार विद्यालय परिसरमा स्प्रिङ फेयर २०८१ आयोजना गर्ने भएको छ।
शिक्षा प्रणालीलाई समग्र शिक्षाको दृष्टिकोण अनुरूप अघि बढाउने लक्ष्यसहित आयोजना गर्न लागिएको यस मेलामा विद्यालयले विभिन्न शैक्षिक गतिविधिहरू प्रदर्शन गर्ने स्प्रिङ फेयर २०८१का संयोजक एबम् बिघालयका संस्थापक प्रिन्सीपल निलेश आचार्यले माइन्युज नेपाललाई बताउनुभयो । स्प्रिङ फेयर २०८१मा विभिन्न शैक्षिक सहयोगी संस्थाहरूको समेत सहभागिता रहनेछ, जसले मेलालाई अझ रोचक र ज्ञानमूलक बनाउने प्रिन्सीपल आचार्यले बताउनुभयो ।
स्प्रिङ फेयर २०८१मा आर्टशाला नेपाल "आर्ट पार्टनरू" को रूपमा सहभागीता जनाउने भएको छ । आर्टशालाले मेलामा विभिन्न कला सम्बन्धी गतिविधिहरू संचालन गर्ने छ, जसले विद्यार्थीहरूलाई सिर्जनशीलताको अनुभव दिनेछ। कला शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आर्टशालाले चित्रकला र अन्य कलात्मक प्रदर्शनीहरू प्रस्तुत गर्नेछ।
स्प्रिङ फेयर २०८१मा वेदान्त ह्यान्डराइटिड, एडुप्ले, डिजि स्कुल, इन्सपाएर एजुकेशन लगाएत अन्य बिभिन्न शैक्षिक सहयोगी संस्थाहरूको स्टल रहने र सो स्टल मार्पmत फेयरमा सहभागिहरुलाई बिघालयमा लागु गरिएका शैक्षिक कार्यक्रमहरुमा उल्लेखित संस्थाहरुको सहभागिता र उपलब्धिका बारेमा जानकारी समेत गराइने बताइएको छ ।
स्प्रिङ फेयर २०८१ ज्ञान, सिर्जनशीलता र मनोरञ्जनको उत्कृष्ट संगम बन्ने अपेक्षा गरिएको छ। यस मेलामा सबै शिक्षाप्रेमी, विद्यार्थी, अभिभावक र कला अनुरागीहरूलाई उपस्थित भई यस अवसरलाई अझ अर्थपूर्ण बनाउन बिघालय ब्यबस्थापनले अनुरोध समेत गरेको छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_xcLfqq9jgB_ju2jvm5mjcugtwjwdgcphzq62dtdyik7ubss1i09j99f84ced9x3bpjlf5ah.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_VS9keQZ2fC_nkvuvdkia1kh4nijfato7qnlsy8zu33teyupuvym0j4k2uwdmogpweuzblfw.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_D33L86N7kT_l7osmudwkzd5av2f6tqrfxbdh70odvaxeleqavvfeytlndqm3scnoeo1u9mk.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_R5DjYvvnJx_7g92ehi1zuewibmntgo4jpkpznoxfzrph5j9efptwpkj3bvxucggtmywqca2.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_8Qg98VCiIu_qtidm9pp7whxktych5bhimxhffwaj3lik7ciwkalgtjupkmsmxo0chiqig4k.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_uivRm4OQhK_nf8heyznozhjevinqcurzkvvzqsrotsmttwdhmlf39vwrtyk0igljvsg6rgu.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_ambuP1qpnR_5p2uyxyhuqp0zotzt2f266qfkorjioam0p1mjkoaitfuufdqskblpkokicll.jpg)
प्रतिक्रिया