‘महिला दिवसमा महिलाहरूको पहुँच समानरूपमा सुनिश्चित गर्न आवश्यक छ’
%2520(16)_FGqcTV7LU8_qnoz1s6tyoisedlmuchkpmqopnrxbsl3qgvuyvlhydr9wjo6hgqmuco3jrjx_Y59AT4cFBo_dbdurkib2crilmjeqfcbvyqpy5px4w4l7xje6mml8p7vxq3c7ek3c9bsxxmn.jpg)
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवम् निर्णय प्रकृयाजस्ता राज्यका हरेक क्षेत्रमा महिलाहरूको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने महसुस गरेको गरेको बताएका छन् । शनिबार ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले राज्यका हरेक क्षेत्रमा महिलाहरूको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने भन्दै संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको बताए ।
जारी सन्देशमा भनिएको छ, ‘संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको छ । लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी,नीति निर्माण एवम् निर्णय प्रकृया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाहरूको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने महसुस मैले गरेको छु ।’
यस्तै, उनले परम्पराका नाममा समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई निर्मूल गर्न थप प्रभावकारी एवम् सिर्जनात्मक कार्यक्रम आयोजना गर्न जरूरी रहेको बताए । जनसंख्याको आधा हिस्सा ओगटेका महिला सशक्त भएमा सिङ्गो परिवार, समाज र समग्र राष्ट्र नै समृद्धिको मार्गमा अगाडि बढ्ने हुदाँ यसतर्फ विशेष ध्यान पु¥याउन जरूरी देखिएको पनि उनको भनाई छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_SPwu2b1Iam_wfkw6qxkzjb93gddcbw2opkmz3w9yfrqptic7foa7qyxnegej8awohe39awc.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_UWhtrWvN1H_senxtakkynitvidnukptccbvffxy5kamlcprpng699egckxpnmnrkpwcruum.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_rNqs3tKWs1_y45tuknqhtotim17dn8skjqabxruvcszdzk7ntvjvqauizmfcodcnus8zcv2.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_4IpdSD3Zzf_pkldeopxsai54mamq7pfldxqeszowtjmnridhnhwmuwxhznb0nd9myxzfozt.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_Fm96kMETyA_6m8jdkcjmpklmwv14hyyi5lkun3vhta3miqpeac4hk7ncwydislumpnxytci.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_A3XXzBedWz_kgzzbxka1iq1grriq6vemfumpozzw5fwypjhxrj2n7hetaeall1yklfyksjz.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_TKOGca7QqM_wnxjl3dathzcroirbie9yezkecznpssu6ddjt4zubcertrqi7irokirsspwk.jpg)
प्रतिक्रिया