मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवन पुग्दै, आजदेखि मिथिलाञ्चलमा होली शुरू
काठमाडौं ।
१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको कञ्चनवज पुग्ने भएको छ । बुधबार ध्रुवकुण्डमा विश्राम पश्चात आज बिहानैदेखि परिक्रमा यात्री कञ्चनवनका लागि प्रस्थान गरेका छन् ।
त्रेतायुगमा राम र जानकी विवाहपश्चात् विहार गर्दै मिथिलाका विभिन्न क्षेत्र पुगेका थिए । त्यही क्रममा फागुन शुक्ल सप्तमीका दिन कञ्चनवन पुगेर रङ खेलेका थिए । त्यही दिनको सम्झनामा कञ्चनवनमा ‘होली उत्सव’ पनि मनाउने गरिन्छ । आज परिक्रमा यात्रुहरु कञ्चनवन पुगेर स्थानीय र साधुसन्तसंग होली खेल्छन् । मिथिलाञ्चल क्षेत्रमा आजैदेखि होली सुरु हुने मान्यता छ ।
धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली सातौ दिन घ्रुवकुण्ड पुगेको थियो भने आजको विश्रामस्थल कञ्चनवन रहेको छ । कञ्चनवन महोत्तरीमा पर्ने अन्तिम स्थल हो । त्यसपछि धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा एक–एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आई पुग्छन् र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ ।
नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ ।
परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_SPwu2b1Iam_wfkw6qxkzjb93gddcbw2opkmz3w9yfrqptic7foa7qyxnegej8awohe39awc.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_UWhtrWvN1H_senxtakkynitvidnukptccbvffxy5kamlcprpng699egckxpnmnrkpwcruum.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_x64D9pFAM8_ppwh3qxym2mesoxny0we128r4yr6ws7ssfh3vg5llybhfzrymgmvsu4xwujo.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_4IpdSD3Zzf_pkldeopxsai54mamq7pfldxqeszowtjmnridhnhwmuwxhznb0nd9myxzfozt.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_qcav1ydEQb_gsjthskcerq5k5zxwwpzw2me3i87xxs1hfe4n9q41begxt3sdycgoeyokt36.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_A3XXzBedWz_kgzzbxka1iq1grriq6vemfumpozzw5fwypjhxrj2n7hetaeall1yklfyksjz.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_TKOGca7QqM_wnxjl3dathzcroirbie9yezkecznpssu6ddjt4zubcertrqi7irokirsspwk.jpg)
प्रतिक्रिया