काठमाडौं महानगरपालिकाले ‘काठमाडौं शैक्षिक मेला’ गर्ने
%2520(19)_rUFiIQ35aU_tiviqeqlzl4lknyjp4nal9i4i3jlqftmjutacp1zedfp8fzpaayvuqczilu4_kViQr1fLBl_ztcsxkaksb20r7nz6adavo32rayvmqcygifz3vy8wjwumrfl8h2kgatmqd3h.jpg)
काठमाडौँ ।
काठमाडौं महानगरपालिकाले ‘काठमाडौं शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजनागरी प्रवक्ता नविन मानन्धरले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा फागुन १६ र १७ गते ‘काठमाडौं शैक्षिक मेला २०८१’ आयोजना गर्न लागिएको जानकारी दिएका हुन् ।
उनले विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सिपहरुको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागेको पनि जानकारी दिए ।
उनले भने,‘कार्यक्रमहरुबाट विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सिपहरुको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको हो। कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागी विद्यालय र संघसंस्थाहरुसंग सहकार्य हुनेछ । विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेलाले कोशेढुङ्गा स्थापित गर्ने, आगामी कार्यक्रमका लागि आयामिक पृष्ठपोषण प्रदान गर्ने अपेक्षा लिइएको छ ।’
उनका अनुसार शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरुको क्षमता विकासलगायतका कार्यक्रमको विम्ब मेलामा समेटिने छन् ।
प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरुले नविनतम सिकाइ गतिविधि प्रदर्शन गर्नेछन् । बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शन गर्नेछन् । मेलामा नेपाल भाषा, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति समावेश गरिने प्रवक्ता मानन्धरले जानकारी दिए ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_ys2PxkJOLl_i85fn4m9annhshhcrbahrj8lrkcwhyn99tpgceuvsnht7xeyafsgfzoc6nb0.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_74nnOCerUd_8rgk7mal5o4bkytzcctzlmtxynu3wcfvhajpmnqxdyx9umtifenismsbx6an.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_7E35SueKy8_xwwincclqbhiiozzdmlqeiqz9jh74wvpiz2nkwztb8z01ljri3pukrk2yu46.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_kRbQ3s6c5V_jite2ti9ha6p4hwjz7krc7szlzu5m6gkceyntyasccplr0ve9tuqnshgxudd.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_nYBx7CRLDJ_rcjcxejqvefssegsstihcxy9uch66bcar0hyfuumt8hqynbrangjgrbmvxjw.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_lIdUoETZtX_srldx6xexu32c2gdnql2zue9y25wddf4zen9bpj1cgoqk1sl5vis0qcjocct.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_xPQscUGhzD_fg3kacuq3dlxm4yurmo365cbayvjzilh9sskfogbxx0tk6ugwwpeg3pi4ikf.jpg)
प्रतिक्रिया