धनयोग फाउण्डेसनको आयोजनामा फागुन १७ गते अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन हुने
_C7d01lNhXX_cimd6atdrvs6hlmdxxznoaru2rqxaz28jsauazghc0zwylpvpiaqa65m0jmc_QCVGXBKig0_rfudwytifto70fsgw8kt5jufuzsb1iuywil0bgdita0z1rsy5siegwytagvv.jpg)
काठमाडौं ।
धनयोग फाउण्डेसनको आयोजनामा फागुन १७ गते शनिबार राजधानीमा अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन आयोजना हुने भएको छ ।
धनयोग फाउन्डेसन (युएसए र नेपाल) ले आयोजना गरेको अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, म्यासाचुसेट्स विश्वविद्यालय, डाइविटिज एण्ड, एन्डोक्रिनोलोजी एसोसिएसन र नेपाल हेल्थ क्रप्सको सहकार्यमा हुन लागको हो ।
मधुमेह रोकथाम र उपचारसम्बन्धी रणनीतिहरूमा सुधार गर्न स्वास्थ्यकर्मीहरूलाई नीति संवादमा सहभागी गराउनका लागि सम्मेलन आयोजना गर्न लागिएको हो ।
नेपाल डाइविटिज एन्ड एन्डोक्रिनोलोजी एसोसिएसनलगायतको सहकार्यमा आयोजना हुने उक्त सम्मेलनको मुख्य उद्देश्य नेपालमा विकराल बन्दै गएको मधुमेहबारे सबैलाई सचेत तुल्याउनु र समाधानहरूको पहल गर्नु हो ।
सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरू, नीतिनिर्माता र स्वास्थ्यकर्मीहरूलाई मधुमेह रोकथाम, व्यवस्थापन र हेरचाहका लागि नवप्रवर्तनात्मक रणनीतिहरूमा छलफल गर्ने एउटै साझा थलो प्रदान गर्नेछ ।
मधुमेह अनुसन्धान, उपचार र हेरचाहमा भएका प्रगति र उपलब्धिबारे चर्चा गर्नु, मेडिकल एजुकेशन सेसन र प्यानल डिस्कसनका माध्यमबाट मधुमेहकाबारे जानकारीहरू आदान–प्रदान गर्नु र नेपालमा मधुमेहको उपचारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पक्षहरू बीचको सहकार्यलाई बलियो बनाउनु सम्मेलनका थप उद्देश्य हुन् ।
ललितपुरको ग्वार्कोस्थित रोयल ट्यूलिप– द म्यासिफ होटलमा आयोजना हुने एक दिने उम्मेलनमा विश्वका विभिन्न मुलुकका विशेषज्ञहरूले मधुमेह हेरचाह र उपचारमा भएका प्रमुख अनुसन्धान र नवप्रवर्तनहरूबारे प्रस्तुति दिनेछन् ।
मधुमेहसम्बन्धी प्रविधि, इन्सुलिन उपचार, यसका नीति र चुनौतीहरू तथा मधुमेहका सामाजिक–आर्थिक प्रभावहरू बारेमा अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिनेछन् ।
चिकित्साकर्मी तथा अनुसन्धानकर्ताहरूले खासगरी नेपालजस्ता कम र मध्यम आय भएका देशहरूलाई ध्यानमा राख्दै मधुमेहबारे पत्ता लागेका पछिल्ला तथ्य र जानकारीहरू कार्यपत्र तथा केस–स्टडीका रुपमा प्रस्तुत गर्नेछन् । सम्मेलनमा प्रतिष्ठित एन्डोक्रिनोलोजिस्टहरू, मधुमेह विशेषज्ञहरू र सार्वजनिक स्वास्थ्यसँग सम्बद्ध व्यक्तिहरू सहभागी हुनेछन् ।
सम्मेलनमा भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजको इन्डोक्रिनोलोजी, डाइविटिज एण्ड मेटाबोलिजम डिपार्टमेन्टका प्रमुख तथा प्राध्यापक डा. नितिन कपूर, संयुक्त राज्य अमेरिकाको बायस्टेट मेडिकल सेन्टरका इन्पेसेन्ट डाइबिटिज सेन्टरका निर्देशक प्राध्यापक डा. राजु पन्त, अमेरिकाकै युनिभर्सिटी एट बफालोको प्रा. डा. अजय चौधरी, आइंस्टाइन–माउन्ट सिनाई क्षेत्रीय मधुमेह अनुसन्धान केन्द्रका सहायक निर्देशक प्रा. डा. मेरिडिथ हक्विन्स र टेक्सास विश्वविद्यालय स्वास्थ्य विज्ञान केन्द्रका मधुमेह विभाग प्रमुख प्रा. डा. राल्फ डिफ्रान्जोलगायत सहभागी हुनेछन् ।
धन योग फाउण्डेशन (युएसए) संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्समा दर्ता गरिएको गैरनाफामूलक सामाजिक संस्था हो । नेपालमा पनि धनयोग फाउन्डेसन गैरनाफामूलक संस्थाका रूपमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्ध छ ।
यसको मुख्य उद्देश्य मधुमेह हेरचाह र शिक्षा सुधारका साथै आँखाको स्वास्थ्य प्रवद्र्धन गर्नु हो । धनयोग फाउन्डेसनले नेपालमा सक्रिय रूपमा मधुमेह परीक्षण तथा मधुमेह शिविरहरूको आयोजना गरिरहेको छ भने सबै प्रदेशहरूमा मधुमेह अनुसन्धान केन्द्रहरू स्थापना गर्ने प्रक्रिया अघि बढिरहेको छ । यसको पाइलट सेन्टर जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_CFXHvckrqo_h6uxxyfk6k5dym1dyy2ioeltuc7aio3568xxamxorhxaa3yazx16o1arcfnh.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_4HjjFc23Kr_em8wq9rlisztp7el6ma89xuljjjkxlrnwglotlslp4g4rrbplosywb72mw0g.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_7E35SueKy8_xwwincclqbhiiozzdmlqeiqz9jh74wvpiz2nkwztb8z01ljri3pukrk2yu46.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_RWfF5fZbAY_clzzrcm5ceg4bzqp0nuqrjk2ltijgptoag8extpaev9nimbtz97czjqrxyg2.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_nYBx7CRLDJ_rcjcxejqvefssegsstihcxy9uch66bcar0hyfuumt8hqynbrangjgrbmvxjw.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_rgKxv5PwCr_6vtulnwp4fgduptt2guinbu04zj3wuqmken3hjruqvqkzkrhsg2elsqdcpxy.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_V5dnFZ57pa_d3qldywri0ibkm6uhbnhrkgibmlkesv0na8w7qcyyup2zkiucnsrfhfewxxw.jpg)
प्रतिक्रिया