‘करुणा’को लोकार्पणमा राधिका शाक्यको गुनासो : हाम्रो घर दरबार होइन

काठमाडौं ।
प्रथम महिला राधिका शाक्यको पुस्तक ‘करुणा’ को लोकार्पण गरिएको छ । शनिबार एक विशेष समारोहकाबीच उक्त पुस्तक लोकार्पण गरिएको हो । सोही पुस्तक लोकार्पण गर्र्दै प्रथम महिला राधिका शाक्यले गरिब दुखीहरुका विषयहरु पुस्तकमा समेटिएको बताइन् । उनले सानैदेखि बालापन, विहेसम्मका कुराहरु यो पुस्तका समेटिएको बताइन् ।
उनले भनिन्,‘म सानैदेखि गरिब दुखीहरुलाई देख्न नसक्ने खालको मान्छे थिए यसै विषयलाई समेटेर मैले यो पुस्तक लेखेको हो । यसमा बालापनसँगै विहेसम्मका कुराहरु समेटिएका छन् । मैले आफ्नो ठाउँमा बसेर थोरै भए पनि सामाजिक कामहरु गरिरहेको छु ।’
साथै उनले भक्तपुर बालकोटको आफ्नो घरलाई धेरैजसोले दरबार भन्ने गरेकोमा दुखेसो व्यक्त गरिन् । बालकोटको घर कसरी बन्यो भनेर प्रश्न गर्नुहुन्छ त्यसको म एक एक हिसाब बुझाउन तयार रहेको समेत बताउँदै उनले आफ्नै पसिना, मेहेनतले घर बनाएको बताइन् ।
‘३३ वर्ष राष्ट्र बैंकमा काम गर्ने मौका पाए । मलाई बस्ने घर त्यही संस्थाले दिएको छ, जसोतसो बस्ने घर हामीले बनाएका हौं । हामी कति वर्ष डेरामा बस्यौं त्यो किताबमा छ । बालकोटको घर कसरी बन्यो भनेर प्रश्न गर्नुहुन्छ त्यसको म एक एक हिसाब बुझाउन तयार छु । दुई पैसा काहीकतै बाट केही गरेर लिएका छैनौं । आफ्नै पसिना, मेहेनतले घर बनाएका हौं । यसमा भ्रष्ट्राचार गरेर मनाएको बालकोट दरबार भन्न मिल्दैन ।’
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_65hY8msygn_ov4ci1kw8j8o3e8bwlzfgkyo625xtsr6ogwubcncyp4pwdigl36ofvnpjckz.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_FMWxOD0XRu_48gtwuraucknz4yfrmwylfcihmzkgwdsjmv8edsdn1vvpe9aygm0rtdukfsj.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_4GTuaWZXMF_nmkucjfrheoes0pnwclcphmmb2ijj80e6mfczgqbhh0pfz5yyxlh1uarq57f.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_Mdw7p8CJKt_nowza9t3inhrmefhts6pe7hi9ovfdvs5shcpbz4xfxos6nkykflzmnphhtwj.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_YBppz8g5d4_6trqgksxk5u5r4a5psrpgxcmf6tbloiwbn69rw1d3jibjghexg4vaijcunsg.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_GIo49tDncc_ajpwos5cljauupedny8psac9kpd3lshisbm7jjueswcyyqe338zxlcprhwei.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_6EPYHPx7Yf_d0i778dj2phqxspgap39rlgd9c5wx146zb7nr5eygoz2nbzfbsyxwlkuef3y.jpg)
प्रतिक्रिया