मिसन र भिजन सही भए सधैं सफलता : उमेश श्रेष्ठ
_mzMXnOC3CJ_nkshz2u8fkmdh60zvh50a0hhevcn9eqpijl2dc6l6vxefq3lttszjjz4wohz_s3VuMyEZh4_4hu1kh0v7uuhmd503jibdfqcjo7uhigvlzqecgf1hn6uaiolpfmv7rgsb8ot.jpg)
काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले मिसन र भिजनका साथ काम गरेमा सबै क्षेत्रमा सफलता प्राप्त हुने बताएका छन् । नेपाली जनसम्पर्क समिति यूएईले ७५औं प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कोषाध्यक्ष श्रेष्ठले मिसन र भिजनका साथ अगाडि बढ्दा गाउँबाट काठमाडौं आएर डेराको जीवन सुरु गरेको र अहिले एक सयभन्दा बढी कम्पनीको मालिक बनेको पनि बताए ।
उनले भने ‘मेरो मिसन र भिजन सही थियो र त आज यो ठाउँमा आएर तपाईंहरुसँग आफ्ना कुराहरु निर्धक्क राख्न सकेको छु ।’ व्यक्तिगत भ्रमणको सिलसिलामा युएईमा आउँदा जनसम्पर्क समितिले सम्झिएकोमा खुसी व्यक्त गर्दै श्रेष्ठले नेपालमा उत्पादित अर्गानिक चिया, अदुवा, बेसार, अलैची जस्ता सामाग्रीहरुको युएईमा माग अत्याधिक रहेको आफूले जानकारी पाएको बताउँदै नेपालका व्यवसायीले यसबाट फाइदा लिन सक्नुपर्नेमा जोड पनि दिए । उनले भने ‘यदि यहाँका साथीहरुले यस्तो कुनै काम गर्नुहुन्छ भने म पूर्णरुपमा सहयोग गर्न तयार छु ।’
श्रेष्ठको प्रमुख आतिथ्यता तथा जनसम्पर्क समिति युएईका सभापति भुवानी प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कायक्रममा जनसम्पर्क समिति यूएईका संरक्षक खेम राज बस्नेत, प्रमुख सल्लाहकार मनोज कुमार श्रेष्ठ, नेका महासमिति सदस्य आशिष शर्मा, नेपाली प्रबासी मञ्च यूएईका अध्यक्ष बाबुराम सापकोटा, जनप्रगति सिल मञ्च यूएईका अध्यक्ष लक्ष्मण खनाल, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईका अध्यक्ष बिकास शाही, नेपाली समाज यूएईका प्रमुख सल्लाहकार बेद प्रसाद अर्याल लगायतका बक्ताहरूले प्रजातन्त्र दिवसको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नेपाली जनसम्पर्क समिति युएईका सहमहामन्त्री तुल्सीराम भुसालले सञ्चालन गरेका थिए ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_xcLfqq9jgB_ju2jvm5mjcugtwjwdgcphzq62dtdyik7ubss1i09j99f84ced9x3bpjlf5ah.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_IO79JZuVBi_64tovhomz2eswsbqz1ptvqporygg2telfj9vkjs1c7x0wdzl28igxrb5vqrt.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_YtGJKXv9W4_r8hvctei09ochm8ge8xgsusiqmkjot8fxv1yvyx9faicckt7cblmtgdjqw0o.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_R5DjYvvnJx_7g92ehi1zuewibmntgo4jpkpznoxfzrph5j9efptwpkj3bvxucggtmywqca2.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_8Qg98VCiIu_qtidm9pp7whxktych5bhimxhffwaj3lik7ciwkalgtjupkmsmxo0chiqig4k.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_kKxvPJSlza_qh1rteemgl4ekweplixdnnttajzccmcmbi4zdy2jiexh1v3zi2d1rltrqo7s.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_ambuP1qpnR_5p2uyxyhuqp0zotzt2f266qfkorjioam0p1mjkoaitfuufdqskblpkokicll.jpg)
प्रतिक्रिया