१३ लाख किशोरीले प्राप्त गरे एचपीभी खोप
%2520(10)_KvC24OG2RU_cwgtim1ta1hj8calquu6m5dc1pu73ilboz7wapqa6nfrwwrhegqd2dpl0dnd_aydAqlJKGH_d1imrwcinzrck19e2nkonrkxsscrsdfuernv4pc4ibj2bz7peo4ruwr9wz4u.jpg)
काठमाडौं । पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् ।
अभियानको १२ औं दिन शनिबारसम्म उल्लिखित परिमाणमा किशोरीहरुले खोप प्राप्त गरेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा.विवेककुमार लालले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यस हालसम्म अभियानलाई सफल पार्न खट्ने सबै स्वास्थ्यकर्मीहरु, स्वयंसेवक, सहयोगी विद्यालय लगायत सबै सहयात्रीहरुलाई अनवरत मेहनतका लागि भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।
माघ २२ गते शुरु भएको अभियान फाल्गुन ६ गतेसम्म चल्नेछ ।
अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीहरुलाई स्थानीय तहमा रहेका केन्द्रहरुमार्फत खोप प्रदान गरिएको छ ।
अबको अवधिमा छुटेकाको पहिचान गरी खोप प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
अभियानका क्रममा करिब १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।
मन्त्री पौडेलले पदभार सम्हालेपछि पहिलो निर्णय राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेका थिए । त्यसयता क्यान्सरको उपचार सातै प्रदेशमा पुर्याउने निर्णय कार्यान्वयनमा आइसकेको छ ।
क्यान्सरविरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने मन्त्री पौडेलले घोषणा गरेको योजना तथा प्राथमिकतामा उल्लेख छ । सोही अनुसार किशोरीहरुलाई खोप दिने कार्यक्रम अघि बढाइएको प्रवक्ता बुढाथोकीले बताए ।
नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण ज्यान जाने महिलाहरुको संख्या उच्च छ । सानै उमेरमा खोप प्रदान गरेर यो समस्या कम गर्ने योजनाअनुसार निरोधात्मक विधिअन्र्तगतका कार्यक्रमसमेत अघि बढिरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_eRwPqSHIhg_tx6itnulzwvw7lfpv2o8lz1dcd4ydcfctgixeqs72aburqbutincagmsr4bw.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_Xj7raNS3se_gmewothxn9uhg04s428eawohggiame17mk9rzzmmj5scrhejkqh5rfi0bfzx.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_daMJiNPEaQ_nbukinqdnalvthcpldfrohd4crk3guwubus7e5amavh8ykt7vlfzj0blhqpe.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_YiGJrL7t7Q_32iir7mufgmagmlpuwyjbgvyixa0perymupiuheybcgu7m3bp03pvncw7h6k.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_N7gzBNlQNK_5vzzqlqhbicgnx9sd0g9qacj7ywnqirbs3qwgmfgekmwggpudxcnvi0igm22.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_blQgTjNccn_mibnqoubdn3gv3rz6tq60uq1zovymobybsk3lwmrxzwuf7xeasg40qs9ltus.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_EMjnkVQvFP_ifhe9zbys5krhvnfquqawqp6kxtst9xgztzcf0tcxi8cqneboi3awqfpgeuw.jpg)
प्रतिक्रिया