क्यान्सर पीडित विद्यार्थीको उपचारका लागि शिक्षकहरूद्वारा आर्थिक सहयोग
_ZWuLasUUdH_8alddgrwbdyqu0wuffvrepmt3rpy4jmxioieugccqkkvcvpzp8oypxzwct7y_WB1uLimyIb_k1q9qcjkvm9qrm9xohzdqoyptpaaysovdsu8gsy1yz8wfwepirtwopkiapzk.jpg)
रामेछाप ।
मन्थली नगरपालिकाका एक क्यान्सर पीडित विद्यार्थीको उपचारका लागि शिक्षकहरूले रकम सङ्कलन गरेर आर्थिक सहयोग गरेका छन् । बोन म्यारो क्यान्सरबाट पीडित भई उपचार गराइरहेका मन्थली मावि मन्थलीमा कक्षा ८ मा अध्ययनरत मन्थली नगरपालिका–७ निवासी १५ वर्षीय सन्देश पाण्डेको उपचारका लागि मन्थली माविका शिक्षकहरूले रकम सङ्कलन गरी सहयोग गरेका हुन् । सो विद्यालयमा कार्यरत शिक्षकहरूले ५० हजार रुपैयाँ सङ्कलन गरेर विद्यालयका प्रधानाध्यापक डा. टङ्कप्रसाद दाहाल मार्फत मन्थली नगरपालिका–७ का पूर्ववडाध्यक्ष सुदर्शन प्रसाईँलाई हस्तान्तरण गरेका छन् ।
पाण्डेको उपचारका लागि नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले पनि आर्थिक सहयोग गरेका छन् । गौतमले उनको उपचारका लागि २० हजार रुपैयाँ सहयोग गरेका छन् । क्यान्सर पीडित पाण्डेको उपचारमा आर्थिक अभाव भएपछि पूर्ववडाध्यक्ष प्रसाईँ सहयोग सङ्कलनमा जुटेका छन् । हालसम्म उनको उपचारका लागि ३ सय जनाभन्दा बढीले आर्थिक सहयोग गरेका छन् । अधिकांश सहयोगीहरूले १ हजारदेखि २ हजार रुपैयाँसम्म आर्थिक सहयोग गरेका छन् ।
सहयोग गरिएको सबै जनाको रकम सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरी बिरामीलाई हस्तान्तरण गरिएको प्रसाईँले बताए । पाण्डेको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा २५ लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने चिकित्सकहरूले बताएका छन् ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_jeN5awkeze_us9abvmq3sdb6nswf5hdfayejliv1fbmr3saatdepygqnjwr1xfjz5xuj97y.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_3I2pCZxmyg_bevvx4bx9cx3z7yv3plbkqf3eh4dmwrwcplwmbo2hxuhlfs0odu0ocgh9s9y.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_Zcz7s7CrId_1hyig3imofnfndrylbybqoclom8xmjz6ixktkq3v3qo3xaoyhglg00djhcwa.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_LlPNdPsYdz_307rtuawhnequucxnft1efwghsaqhbta73yoitlux0uuf2za3g6jcnwbxssf.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_LiuOKHlilb_rgwg2ng0pmndw4hokigwznc4t7t7pvl3fkxkedt7tajqge7f8s8xkvv1olbv.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_ORCuSlT1FP_cjpnbvpapdabjic3lfypuxhfvxb29cokkjbymupdktzghdbhgna8yc8nip6v.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_7OImLyUHyo_92of10xcvwew4jyyffzqodm7la3cxrgwcubwyz5tpmh0e6ikocgdodnwz24r.jpg)
प्रतिक्रिया