पोखरा घट्ना : फायर मेसिन र ग्यास भरिएको बेलुन जुधाउँदाको परिणाम
%2520(8)_aBm3NSdz6Z_kx6zqxwg3dya6enw49hauv4projieqobsxulgpfpatvszuqoze9memqbeoqg_QlMgYiEoCh_nb7se130csr9k2mi09llwjwvzsjoqnymxxd9yietvyulvl4raynixernawse.jpg)
काठमाडौं ।
२० लाख आन्तरिक र वाह्य पर्यटक भित्र्याउने लक्ष्य राख्दै शनिबार अपराह्न कास्कीस्थित पोखराको प्रदर्शनी केन्द्रमा ‘पोखरा भ्रमण वर्ष’ घोषणा समारोह हुँदै थियो ।
समारोह उदघाटन र भ्रमण वर्ष घोषणा कार्यक्रमका प्रमुख अतिथी थिए, नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । पौडेललाई भ्रमण वर्ष आयोजक पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सघाउँदै थिए ।
उद्घोषककै आग्रहमा अर्थमन्त्री पौडेल र मेयर आचार्य मञ्चको अगाडि उभिएर भ्रमण वर्ष उद्घाटन र लोगो अनावरण गर्न खोज्दै थिए ।
प्रविधिको नाममा स्टेजमा जताततै आगोको लप्का छाड्ने ‘फायर मेसिन’ चलाइएको थियो । त्यसैको नजिक अत्ति प्रज्वलनशील हाइड्रोजन ग्यास भरिएको बेलुनको दुई ठूला झुप्पा नचाइँदै थियो । फायर मेसिनले फालिरहेको आगोको झिल्का र त्यसै नजिक नचाइँदै गरिएको हाइड्रोजन बेलुनका झुप्पा घर्षण हुँदा आगो बलेको थियो ।
मञ्चभन्दा तल रहेका सहयोगीले मन्त्री पौडेल र मेयर आचार्यलाई अति–प्रज्वलनशील हाइड्रोजन भरिएको बेलुको एक–एक झुप्पा दिए । मन्त्री र मेयर उभिएको मञ्चको दायाँ–बायाँ, अघि–पछि चारैतिर फायर मेसिन राख्दा घट्ना भएको अनुमान गरिएको छ ।
भ्रमण वर्षको लोगो झुण्ड्याएर आकाशतिर उडाउन मन्त्री र मेयरले हातमा लिएको हाइड्रोजनले भरिएको बेलुन बिस्फोट भएपछि कार्यक्रम स्थलमा होहल्ला भएको थियो । मन्त्री पौडेल र मेयर आचार्यको अनुहारमै तीव्र गतिको ठूलो ज्वाला परेको थियो । विज्ञान र प्रविधिले निम्त्याउन सक्ने जोखिमका बारेमा ख्याल नगर्दा साथै सुरक्षा असावधानीयुक्त मञ्चका कारण मन्त्री र मेयरलगायत अन्य व्यक्तिहरु घाइते भएका थिए ।
आगोको ज्वालाबाट घाइते मेयर आचार्यलाई सुरक्षाकर्मी समेतले उद्दार गरी पोखरास्थित फिस्टेल अस्पताल पु¥याएका थिए । अनुहार र हात जलेर घाइते भएका उपप्रधानमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पुर्याइएको थियो ।
पोखरामा प्राथमिक उपचार गरेका चिकित्सकहरूले दुबैलाई तुरुन्त बर्न अस्पतालमा पुग्न सुझाए । फिस्टेल एअरको हेलिकोप्टरमा राखेर दुबै जनालाई कीर्तिपुरमा उपचार भइरहेको छ । चिकित्सकहरुका अनुसार आगोले छाला पोल्ने बित्तिकै समयमै उपचार गरे ठिक हुने तर उपचारमा ढिलाई गरे छालामा दाग बस्ने, संक्रमण हुने र बिरामीको मृत्युसमेत हुनसक्छ ।
आगोले छाला पोल्ने बित्तिकै सबैभन्दा पहिले के गर्ने?
१ सबैभन्दा पहिले पोलेको भाग चिसो बनाउनुपर्छ ।
२ तापक्रमले झन् खराब गर्ने भएकाले आइस लगाएर वा पानीले भिजाएर भएपनि चिसो बनाउनुपर्छ ।
३ पोलेको भाग चिसो बनाउँदा थप क्षति हुन पाउँदैन ।
४ गाउँघरमा पाइने घ्यूकुमारी लगाउँदा पनि पोलेको भागमा सितल प्रदान गर्छ ।
५ पोलाइ गहिराई छ भने घरेलु उपचारमा अल्झिनु हुँदैन । अस्पताल नै जानुपर्छ ।
जलनको प्राथमिक उपचार के हुन्छ ?
१ सबैभन्दा पहिले आगोले छाला कत्तिको गहिराई र भाग पोलेको छ भनेर बिचार गर्नुपर्छ ।
२ छालाको धेरै भाग पालेको छैन भने चिसो लगाउने या पानीले सफा गरेर एन्टीबायोटिक क्रिम लगाउन सकिन्छ ।
३ तर धेरै गहिरो र धेरै भाग आगोले पोलेको छ भने घरमा उपचार गर्नुभन्दा सकेसम्म छिटो स्वास्थ्य संस्था जानुपर्छ ।
४ आगोले धेरै नै पोलेको छ भने शरीरमा पानीको मात्रा कम हुने, सोडियम, पोटासियम कम हुने र संक्रमण हुने संभावना बढ्छ ।
५ पोलाई गहिरो छ तर समयमै उपचार भएन भने छालामा दाग बस्ने, छाला कस्सिने समस्या हुन्छ ।
पोलेको घाउको समयमै उपचार नगर्दा यसले निम्त्याउने जटिलताहरु के–के छन् ?
१ सतहमा रातो मात्र भएको छ की पानीको फोका नै आएको छ भनेर हेर्नुपर्छ ।
२ पोलाइको गहिराई जति बढी छ त्यसले असर त्यति नै बढी हुन्छ ।
३ पानीको फोका आएर छालाको एक तह गयो भने संक्रमण हुने संभावना हुन्छ ।
४ पोलेको गहिराई र दुखाई बढी छ र समयमै उपचार पाएन भने बिरामीको मृत्यु समेत हुन सक्छ ।
आकांक्षा धामी /नेपाल न्यूज बैंक
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_NhQMYUzTRn_haic4comcc3jmpeulmi5hjguiq6eltgr1poo3dlwdlncux9js4fdil1wg7nc.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_PXDqQhq3Xl_rfj6xjbtaz2imttz5iexsyha3fyoln23am2fe03eepxalazvyi1iiowv7lur.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_O3uqikQOof_7zomlbaoenhof1qq9usykqrhstkjsrniu7hukvtuezhmajzqlapywxtcpvlt.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_dJB5UX2O0B_eqeztcwdo27onhumyhkxyby1uppsa4muw1vjkaydfq3p2fzcdcvmiivayozj.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_zNcpUO2Fgl_cctnctzjjbpbqnvcoxxuutgysp7thnghpnnhrth24stp2t8xfpnojwsw4gyv.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_Oa7AVU2BdY_knzoxpnj6gzry2hmaidb7b5i9ve0bkdw3cpodd70yt9f2n5tvmlfdkcaxwsc.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_7un1zXnrwL_zepgxtoltsif5tpcw4g1hzzr3aoc6j7nzdaamypdkcgcr8kwpqswta35rr00.jpg)
प्रतिक्रिया