जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_4krdrp8IV9_a0ipqtrqpehwnsvrzwfs2khyjrthk5bwgi7k30rz3r7nzzawbl1zxb2isiek.jpg)
रामेछाप ।
१२ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ । मन्थली नगरपालिकाको व्यवस्थापन र जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा सदरमुकाम मन्थलीमा बुधबार सम्पन्न भएको खेलमा मन्थली नगरपालिकाले २२ स्वर्णपदक जित्दै उपाधि जितेको हो ।
तीन दिनसम्म सञ्चालित प्रतियोगितामा मन्थलीले २३ रजत र ३२ कांस्य पदक पनि जितेको छ । मन्थलीले कूल ७७ पदक हात पारेको छ । प्रतियोगितामा उमाकुण्ड गाउँपालिका दोस्रो भएको छ । उमाकुण्डले २१ स्वर्ण, १२ रजत र ११ कांस्य गरी ४४ पदक जितेको छ ।
यसैगरी सो प्रतियोगितामा जिल्लाका लिखु तामाकोसी गाउँपालिका तेस्रो भएको छ । लिखु तामाकोसीले ८ स्वर्ण ६ रजत र १२ कांस्य सहित २६ पदक जितेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीका अनुसार प्रतियोगितामा ६ स्वर्ण, ९ रजत र १८ कांस्य गरी कूल ३३ वटा पदक जित्दै दोरम्बा शैलुङ गाउँपालिका चौथो भएको छ ।
प्रतियोगितामा रामेछाप नगरपालिकाले ५ स्वर्ण, ९ रजत र १८ कांस्य गरी कूल ३२ पदक जितेको छ । खाँडादेवी गाउँपालिकाले २ स्वर्ण, ४ रजत र ३ कांस्य गरी ९ वटा पदक जितेको छ । सुनापति गाउँपालिकाले १ स्वर्ण ४ रजत र ३ कांस्य गरी ८ वटा पदक जितेको छ । त्यस्तै गोकुलगंगा गाउँपालिकाले १ स्वर्ण ४ रजत र १ कांस्य गरी ६ वटा पदक जितेको छ ।
प्रतियोगितामा पहिलो हुनेले नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा समान ६६ वटा स्वर्ण, रजत र कांस्य पदक राखिएको थियो । जसमा भलिबल, कबड्डी, एथलेटिक्स, तेकान्दो, उसु, कराँते लगायतका खेल समावेश गरिएको थियो । प्रतियोगितामा जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिकाबाट ७ सय ३९ जना खेलाडी सहभागी थिए ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_KFpQzhThUi_xxsdosh1fadk96tuvvk15vcz7yra2hrxu37xavluapugnnnnsxjr6h7iiiew.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_2hmuyDR4Tv_gj8f6eoatbf3gxpc2aeg3fpriqjp4nd8sjzgdx79fwzuueg7cvhtht3ef3cs.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_3p9rCdLfWx_9ozoepiejirdilnv907dvki5a4xh3m5xf0dcyc5vl4fhmg0juxk3lxvvpo9n.jpg)
सभापति कपको फाइनल आज, उपाधिका लागि सङ्कटा र बागमती भिड्दै
_oJ3bYrw9Vb_hcatfhdpmu61fxulpkr1ehaabo9yw7uhfmzeusatl5eq8pmam46a0xos5cnu_3mAIvHjjM7_sebn2afv6xpbjv5nl70pew1rniwgzpbjcnb7rrxczi7qxmuqq16zj2ylnhpr.jpg)
प्रतिक्रिया