जलवायु परिवर्तन विश्वको प्रमुख चिन्ताको विषयः राष्ट्रपति पौडेल
_X0fUcHK2p0_eoupofn4azwpyglyji3tluptvkgqkbbcaf3cy2a0dvv1mdlqvkxyslxvvtiq_YJ8yDS55ra_r1c1g59vixgzom1tnbexgbofyazs5wxbgu34qym1mhknjenvf1gmpqr2knc8.jpeg)
काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका छन् । राष्ट्रपति पौडेल र बेलायतका अधिराजकुमार एडवार्डबीच मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा भएको शीष्टाचार भेटमा उनले सो धारणा व्यक्त गरेका हुन् ।
‘जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ ।’ राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।
यसै सन्दर्भमा नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी दिए । उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौंमा “जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य” विषयमा आयोजना हुन गईरहेको उनले जानकारी दिए । साथै उनले महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण गरे । उनले भने,‘नेपाल र बेलायतबीच सदियौँदेखि घनिष्ट सम्बन्ध रही आएको छ, महत्वपूर्ण विकास साझेदारसमेत रहेको बेलायतले नेपालको चौतर्फी विकासमा सहयोग पु¥याउँदै आएकोमा धन्यवाद व्यक्त गर्दछु ।’
साथै सो अवसरमा उनले नेपाली नागरिक र आफ्नातर्फबाट राजा चाल्र्सको व्यक्तिगत सुख एवम् सुस्वास्थ्यको शुभकामना व्यक्त गरे । सो अवसरमा एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनिकरणमा नेपालले गरेको प्रयासका बारे भ्रमणका क्रममा जानकारी हुने विश्वास व्यक्त गरे । उनले भ्रमणका क्रममा प्रकृति कति जोखिम अवस्थामा छ र हिमालमा जलवायु परिवतर्नले कस्तो असर पारेको छ भनेर जान्न बुझन पाउने पनि बताए ।
बेलायतको राजपरिवारका सदस्यबाट नेपाल आउने प्रयास भईरहेको र नेपाल आउँदा आपूmलाई अत्यन्त खुशी लागेको बताउँदै अधिराजकुमारले नेपाल बेलायतबीच भविष्यमा सहयोगको आदानप्रदान गर्दा युवा र महिला सशक्तिकरणको विषय सान्दर्भिक हुने पनि बताए । उनले ब्रिटीस सेनामा नेपालले भर्तिको लागि दिएको स्वीकृतिका लागि आभार प्रकट गर्दै नेपाल बेलायतबीचको सुमधुर सम्बन्धमा ब्रिटीस गोर्खा सेना कोशेढुंगा रहेको उल्लेख गर्नुभयो । सोही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बेलायती सेनाको “गोर्खा–ब्रिगेडका” प्रमुख मेजर–जनरल जेराल्ड स्ट्रिकल्याण्डले “ब्रिगेड अफ गोर्खा” को सन् २०२४ को वार्षिक प्रतिवेदन पेश गरे ।
राष्ट्रपति पौडेलले सो प्रतिवेदन प्रस्तुत गरेकामा बेलायत सरकारप्रति आभार प्रकट गर्दै “ब्रिटिस–गोर्खा” हाम्रो द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी भएको बताए । “ब्रिटिस–गोर्खा हाम्रो द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी हो, जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्न पनि यसले महत्वपूर्ण योगदान पु¥याएको छ”, राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उनका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।
पूर्व ब्रिटिश गोर्खाका केही जायज गुनासा सम्बोधन गर्न गठन भएको “द्विपक्षीय संयन्त्र” मा सकारात्मक छलफल भइरहेकै छ भन्ने विश्वास पनि राष्ट्रपति पौडेलले सो अवसरमा व्यक्त गरे ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_H4I3s9hu1S_d2j4peoujtcryjaixicnnlfvbakok3tztdyielgdlmya8a0fomzshdef8t4x.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_zQYhgkdHHm_yk7wbzckfrl3bsi5ognlqb1zrh2lbrqzthvxjz19djgdb15yajlnszgfay1a.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_nvedtDNg63_sku9z5xdvju7m0ngwfkls4d5uwqlpkprgbngo4heytp4oqepcssqp1vosqos.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_weidiETf9F_2bnpqnkgeb5d7duocza5zxqpa6k0evpjce8qufstn1qbyzdlugrixhve9vuo.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_Y1dhYCJIBX_1omd2553fjczqiat8zqpb9lyfpasrj9ec4ttb29ia0spwginwiagxkycappr.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_enlODUp87e_1n533hucyz6dccdkk69zlrufkjt3rk51ofspfulawlcorncjmdci283i1as8.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_wd6NFxwl9F_btkcmmyaygrmx0y6zwdpm5dd7o0jn20rismuurbqlrfxyr4txhczxmioho4y.jpg)
प्रतिक्रिया