मन्थलीमा कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी सुरु
%2520(6)_pToBgQFDNg_8nteailyungxinfs5gfisqja8xufij32k33efeoefzo7d29cyyfcfgeyu6vl_hrtHgjchLx_fpydkgnrszxep8f73wbzfrn0h7a0auy7n54adbjf3l00y3yufniwfupuqe5l.jpg)
रामेछाप ।
रामेछापको मन्थलीमा कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी सुरु भएको छ । कृषि, जलस्रोत, वन, कला, संस्कृतिको जगेर्ना गरौँ उद्योग पर्यटनको प्रवर्धन गरौँ भन्ने मूल नाराका साथ जिल्लाको सदरमुकाम मन्थलीमा बुधबारबाट सुरु भएको प्रदर्शनी ११ दिनसम्म चल्नेछ । प्रदर्शनीको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले गरे । कार्यक्रम उद्घाटन गर्दै वैद्यले सरकाले एकैपटक नौ वटा कानुन परिवर्तन गरिदिएर उद्योग व्यवसाय प्रवर्धनको बाटो खोलिदिएको बताए ।
‘अहिलेको सरकारले उद्योग, व्यवसायको क्षेत्रमा लगानी गर्ने वातावरण बनाइदिएको छ’, उनले भने । व्यावसायिक क्षेत्र धराशायी हुँदा राष्ट्र नै धराशायी हुने भएकोले यो केवल व्यक्तिगत कुरा मात्र नभएको उनले बताए । यस्ता मेला महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउने उनको धारणा छ । अहिले देश आर्थिक हिसाबले निक्कै अप्ठेरो स्थितिमा रहेको बताउँदै वैद्यले देशलाई यसबाट बाहिर निकाल्नै पर्ने बताए । यसको लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको उनले स्पष्ट पारे ।
कार्यक्रममा प्रदेश सभा सदस्य एवं प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले मुलुकको अर्थतन्त्र र राज्यलाई बलियो बनाउने गरी अहिलेको सरकार लागि रहेको बताए । जिल्लामा उत्पादित घरेलु तथा कृषिबाट उत्पादित वस्तुहरूको प्रवद्र्धन गर्न महोत्सवले महत्त्व राख्ने उनले बताए । अहिले देशमा केही भएन, केही भएको छैन भन्दै अनेक थरीका शक्तिहरूले निराशाको खेती गरिरहेका बताउँदै श्रेष्ठले यस्ता शक्तिले राज्यलाई कमजोर बनाउने बताए । ‘राज्यलाई कमजोर बनाउन राजनीतिक, सामाजिक, धार्मिक, पत्रकारिता अनेक क्षेत्रका नाममा यस्ता काम भएका उनको भनाइ छ ।
सरकार हिजोको अवस्थामा परिवर्तन गर्ने गरी आर्थिक, सामाजिक परिवर्तनको दिशामा अघि बढेको उनले बताए । उद्योग, व्यवसाय प्रवर्धनको लागि सरकार लागि रहेको श्रेष्ठको भनाइ छ । रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापका उप–प्रमुख प्रेमसागर थापा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डिबी बस्नेत, नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेश अध्यक्ष दीलसुन्दर श्रेष्ठ, नेपाली कांग्रेस रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्की, नेकपा एमाले रामेछापका उपाध्यक्ष होतराज ढकाल, नेकपा माओवादी केन्द्रका नेता उद्धव रम्तेल लगायतले रामेछापमा कृषि, पर्यटन र उद्योग क्षेत्रको विकास र सम्भावना बारे आ–आफ्ना धारणा राखेका थिए ।
जिल्लामा उत्पादन भएका कृषि तथा पशु उपज, लघु तथा घरेलु उद्योगबाट उत्पादित सामाग्री, हस्तकला, जातीय संस्कार तथा संस्कृति झल्काउने झाँकीका अतिरिक्त कला क्षेत्रका विभिन्न विधा समावेश गरिने मेलामा ७५ वटा स्टल राखिएका छन् । मेलामा विभिन्न सांगीतिक कार्यक्रमका साथै मनोरञ्जन समेत दिइने आयोजकले जनाएको छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_H4I3s9hu1S_d2j4peoujtcryjaixicnnlfvbakok3tztdyielgdlmya8a0fomzshdef8t4x.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_zQYhgkdHHm_yk7wbzckfrl3bsi5ognlqb1zrh2lbrqzthvxjz19djgdb15yajlnszgfay1a.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_nvedtDNg63_sku9z5xdvju7m0ngwfkls4d5uwqlpkprgbngo4heytp4oqepcssqp1vosqos.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_weidiETf9F_2bnpqnkgeb5d7duocza5zxqpa6k0evpjce8qufstn1qbyzdlugrixhve9vuo.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_ZhslrlRIMS_sq9sa9eja4lqgeiykis5dvpb10nrbvwauc3ehas89nifrpjrjj7mwmoxvex6.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_enlODUp87e_1n533hucyz6dccdkk69zlrufkjt3rk51ofspfulawlcorncjmdci283i1as8.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_wd6NFxwl9F_btkcmmyaygrmx0y6zwdpm5dd7o0jn20rismuurbqlrfxyr4txhczxmioho4y.jpg)
प्रतिक्रिया