बागमती पुलको स्पान भासिँएपछि यात्रामा जोखिम
_wmEZL8LO7z_sngrbdgteeqa2legfiboittqargugltkzwcwq52vfyssej6ciwcf7glxfcmc_mRt9ISwZLL_ytvonr8jplxumqidegkowyikxumzhnqzu1ayiqff9ojomfwhubqmqwutwmy6.jpg)
रौतहट ।
पूर्व पश्चिम राजमार्ग सडक खण्डमा पर्ने बागमती नदिको पुलको एउटा स्पान भासिँएको छ । रौतहट र सर्लाही जिल्लाको सिमनामा पर्ने बागमती पुलको स्पान भाँसिएपछि सवारी दुर्घटनाको उच्च जोखिम बढेको हो । नेपाल सोभियत संघ मैत्री सहयोग अन्तर्गत करिव ५० वर्षअघि बागमती नदिको पुल बनेको थियो । लामो समय देखि पुल मर्मत सम्भारमा ध्यान नदिँदा क्रमश पुरानो हुँदै भौतिक संरचनाहरु कमजोर भएको चन्द्रपुर नगरपालिका वडा नं. १ का स्थानिय श्रीराम न्यौपानेले बताए ।
उनका अनुसार पुलको भारवहन क्षमता भन्दा अधिक लोड भएका ढुवानीका साधनहरु गुड्ने गरेकाले पुल भासिँएको हो । पुलको स्पान भासिँएकाले भारवहन क्षमता अधिक भएका गाडी संचालनमा ध्यान दिनु पर्ने उनको सुझाव छ । बागमती पुलको बेरिङ्ग फुट्दा जोडिएको दुई स्परको अन्तर भएको र यसले जोखिम निम्त्याउन सक्ने भएकाले शिघ्र मर्मत गर्नु पर्ने उनको माग छ ।
सर्लाहीबाट रौतहटतर्फ आउँदा सात नम्बरको स्पर करिब ८ सेन्टिमिटर भाँसिएको डिभिजन सडक कार्यालय चन्द्रपुरले जानकारी दिएको छ । बागमती नदिको पुलको बेरिङ फुटेकाले जोडिएका दुई स्पान बीचको अन्तर बढेको डिभिजन सडक कार्यालय चन्द्रपुरका इन्जीनियर प्रकाश यादवले बताए । पुलको एउटा स्पान भाँसिने बित्तिकै पुरै संरचना नै कमजोर हुने उनको भनाई छ ।
सडक डिभिजन कार्यलयले पुलको जोखिमबारे पुल महाशाखा काठमाडौंलाई पत्र मार्फत जानकारी गराइसकेको छ । पुलमा अधिक भारवहन क्षमताका गाडीमा ध्यान दिन रौतहट र सर्लाहीका ट्राफिक प्रहरी कार्यालयलाई पत्रचार गरिसकेको सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख अरुण कुमार लाल कर्णले बताए ।
उनका अनुसार यस सडकखण्ड भएर जाने भारवहन क्षमताका सवारी साधन पुलमा एक पटकमा एउटा मात्रै सञ्चालन गर्ने व्यवस्था गरिएको छ । अहिले पुलको स्पर केहि भाग अग्लो, केहि भाग होचो देखिएकाले सवारी साधन चलाउदा सावधानी अपनाउन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_XmahaVx9RV_iogqzlg4ymvhyciueru1b8gf1vhlcnu4dcvqse7h5xrip3xjrbbb7zshvqmk.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_ZdkSok6FWF_4qhx9xezatw9gneier8jyghl1ses8zufm2h6y9lpw4kugjcsvm7okyrwxcqr.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_VgyHXqZG8P_sa0xndv9u9ktgsqbpspi4pqr0pvhjr3cborz40caosohf91tqeipno58fehq.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_V19FcVreHy_7roueepomtpq6pjgwgkavvuhntec8xn0lbvrl6k8at2dngx7uxgf1zeruhwt.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_N7gzBNlQNK_5vzzqlqhbicgnx9sd0g9qacj7ywnqirbs3qwgmfgekmwggpudxcnvi0igm22.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_MzVrgv6aqT_olu65yypuyfcogu0lmnfokqeojlmsgh5ttr7gvjigfv7df1r4bp6hyslqggm.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_EMjnkVQvFP_ifhe9zbys5krhvnfquqawqp6kxtst9xgztzcf0tcxi8cqneboi3awqfpgeuw.jpg)
प्रतिक्रिया