देवघाटबाट देवी प्रतिभा फर्किइन्, अनुराधाले सुरु गरिन् कथावाचन

काठमाडौँ ।
देवघाट महामहोत्सवमा १० दिनसम्म कथावाचन गरेकी चर्चित कथावाचिका देवी प्रतिभाको विदाई गरिएको छ । देवघाट महामहोत्सवमा एक कार्यक्रमका बिचमा उनलाई विदाई गरिएको हो । कार्यक्रममा उनले आफ्नो १० दिनको कथावाचन पूरा गरी भक्तजनहरूसँग विदा लिएकी हुन् ।
महोत्सवभरी उनले भागवत महापूराणको भावपूर्ण व्याख्या गर्दै हजारौं भक्तजनको मन जितेकी थिइन् । विदाई समारोहका क्रममा विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेयलाई विशेष रूपमा कथा मंचमा स्वागत गरिएको छ । ६ वर्षको उमेरदेखि कथा वाचनमार्फत आफ्नो विशिष्ट पहिचान बनाउन सफल पाण्डेयले हिन्दू धर्मको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पु¥याउँदै अनेकौं स्थानमा कथा वाचन गरिसकेकी छिन्।
सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने अनुराधा पाण्डेयले संस्कृत, हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्नसक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै स्रोताहरूलाई मन्त्रमुग्ध पार्न सफल भएकी छिन्। उनका कथा वाचनहरूले धार्मिक आस्था र आध्यात्मिक चेतनालाई थप प्रगाढ बनाउँदै लाखौं भक्तजनलाई भक्तिको रसमा प्रभावित गराउने गर्छिन् । अनुराधा पाण्डेयको कथा वाचन देवघाट महामहोत्सवका प्रमुख आकर्षण मानिएको छ ।
माघ १० गते दिउँसो ३ बजेबाट सुरु भएको उनका प्रवचन सात दिनसम्म चल्नेछन्। आयोजकका अनुसार कथा वाचनका लागि तयार पारिएको विशेष पण्डालमा हजारौं भक्तजनको उपस्थिति रहने अपेक्षा गरिएको छ । ६ वर्षकै उमेरमा धार्मिक कथा वाचन सुरु गरेकी पाण्डेयको यात्रा अद्वितीय छ। विभिन्न धार्मिक महोत्सव र कार्यक्रमहरूमा कथा वाचन गर्दै उनले धर्म, संस्कृति र परम्पराको संवद्र्धनमा विशेष योगदान पु¥याएकी छिन्।
उनकी विशिष्टता भनेको सानै उमेरमा तीन भाषामा धाराप्रवाह कथा वाचन गर्ने क्षमता हो। उनले केवल कथा सुन्ने मात्र होइन, धार्मिक र आध्यात्मिक चेतनाको गहिराइमा प्रवेश गराउने अद्वितीय शैली प्रस्तुत गर्छिन्। आयोजकहरूले यो कथा वाचनले समाजमा धार्मिक ज्ञानको विस्तार गर्ने र भक्ति मार्गप्रति सबैको आस्था बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_Ed3xWRM3Zk_n2clcj0sblawz30qtnwrzy0upbjvxvwh7gbepf1qjsrock9g3jqayvhll9u1.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_vQcZ6J0NG5_8izanxv3nwv1h0l2ed29gf5ssp3b4jhmxgsqkktjrml4trpn7s0mokq8ugjj.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_B4QkAp5uLj_rj5ujwqzrfg58zybhi6qmgwy3rmoawqm4u4lr98gqm0yalkbfqsxc2mzuaim.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_pkhiVbClqk_pcpex2frlt1qcdwlo5t9a1rpq79daebml3hdxttvv5cdbydfxc9naubfouod.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_4sEgJp84lk_djlxqfnnqp5ftgpwsux2uzoyl3wqrjoli3jbntwhrva6yeqpbsipmgdvfb6m.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_9rco01lJuz_bwmqx9yma4bbfqek7iyyf2scsoc77o5nrws5ttlsyoqtlqe2ebccvmaranez.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_WZJtUxyLCy_nnmbfxk5veoxgu1gierngcpxyreermu6xo1fjgwrfxc2fvakgjtananqh7t1.jpg)
प्रतिक्रिया