लामिछाने माथि जिल्ला अदालत रुपन्देहीमा थुनछेक बहस आज पनि जारी
%2520(4)_LUpjh3vhIv_yuffufz2t38ewq837dkrqgnrllx7jyuzz0lo3xskhguizuyak0ypozgsqt0r_a8KIdG61oQ_zdcxcqatpv960igyyrlcafogr1zmivoziryjyjnva4gbrdjefckzlg3vezgr.jpg)
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस आज (शुक्रबार) पनि हुँदैछ । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीमा बिहीबार जारी बहस नसकिएपछि आज पुनः हुने गरी बहस हेर्दा हेर्दैमा राखिएको थियो ।
लामिछाने विरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । बुधबार लामिछाने अदालतमा उपस्थित भई उनी माथिको बयान सकिएको थियो । बिहीबार सरकारी वकिलले बहस गरेका थिए भने आज पीडित पक्षका दुई वकिल र लामिछानेका तर्फ बाट बहस हुने छ ।
सुुप्रिम सहकारी प्रकरणमा छविलाल जोशी, जीबी राई सहित पूरक अभियोगका १४ र शुुरु मुद्दाका २८ जना सहित ४२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । अदालतले सुप्रिम सहकारीका तत्कालीन अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनी माथि उजुरी गरेको हो ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_kljMFvFmOp_wv0g66e2qzm0egoybtwrxzg9ctxnwxv8hdshaexgvgvw9ugty5tul2zihhk1.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_FpM7YnCVdH_czbcfstiow9mwhh2ywechehvc9qlm69i1glolwrkdeyviaimdyxz2sq1e3l7.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_rOrxGWGAlp_4wq6tbx546qemdgchfyp2wwutgfrwsedtx6vkaatmoudsipblccx387iubkk.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_WkEWaVHCbZ_rpxdrzvonw8mpupzlz64fhapqd7hwuaq0eaf66kucyxbxoc5hprqpij3c0q2.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_7BH2V91MqS_iobmantgbneruyymrujgcmwae8irbd02dctxruq9xd6eo4prqlvdthc5ykwc.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_taQnbUude2_ibcaoptyywlqxhkjyzwzyzcx0rpignrfb7jfchqqe3mrewsk4r6gjklgeth5.jpg)
प्रतिक्रिया