सभापति कप फुटबलको उद्घाटन खेलमा चर्च ब्वाइज र सङ्कटाबीच प्रतिस्पर्धा हुने
_oJ3bYrw9Vb_hcatfhdpmu61fxulpkr1ehaabo9yw7uhfmzeusatl5eq8pmam46a0xos5cnu_FoerRrnYbD_0dvrwqklodgrusxmxcyykm85cm2plp4qzgqfa3htt2lesjm9p1yecnidq5rs.jpg)
काठमाडौं ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा ‘सभापति कप फुटबल प्रतियोगिता २०८१’ बिहीबार माघ १० गतेदेखि सुरु हुँदैछ । बिहीबारदेखि दशरथ रङ्गशालामा सुरु हुने प्रतियोगितामा आयोजक बागमतीसहित कुल ८ टिमको सहभागिता रहने छ । प्रतियोगिताको उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेड क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेल माघ ११ गते मच्छिन्द्र क्लब र एपीएफ क्लबबीच,१२ गते तेस्रो खेल नेपाल पुलिस क्लब र आयोजक बागमती क्लबबीच र चौथो खेल माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
चर्च बोइज र सङ्कटाबीचको विजेता तथा मछिन्द्र र एपीएफबीचको विजेताले माघ १४ गते हुने पहिलो सेमिफाइनल खेल्नेछन् ।
यसैगरी माघ १५ गते हुने सेमिफाइनलमा नेपाल पुलिस र आयोजक बागमती बीचको विजेता र एनआरटी र फ्रेन्डक्लब बीचको विजेताले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ १७ गते हुनेछ, भने उपाधि जित्ने टोलीलाई २६ लाख रुपैयाँ र उपविजेतालाई १३ लाख रुपैयाँ प्रदान गरिनेछ ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_t1EO88IesB_f5slydnqsrvlbxrtnyj9sfnu8rzefc6hxqocrndukiatfmydjemusgbz7ba0.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_tD6cczhJNV_fugxnbik1mzvhdgslass5ggbjtnc4lruqhmg4mvuw7hlzj0uk2t0hu2wvkgs.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_qo9n2poQTR_zndrjropwroqy4kpeyva1rddvnfv6nsg19htdqa8e0xhgnbppfvc8nmynaqy.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_8t4kGSec76_noqrjff2h1vyd0rspt66khddshbadvxxias0equ8bdrioox70bpvtxwmvfg8.jpg)
प्रतिक्रिया