मध्यरातमा सामाजिक सञ्जालमा सन्दीपको भावुक स्टाटस

काठमाडौं,
किक्रेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट सन्यास लिएको आशय व्यक्त गरेका छन् । मध्यराति आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट लेख्दै उनले सबैलाई धन्यवाद दिएका छन् । राष्ट्रिय टिमबाट सन्यास लिएको भन्ने प्रष्ट शब्द उल्लेख नगरेपनि उनको पोस्टको आशय त्यही छ । उनको पोस्टमा समर्थकहरूले निवृत्त जीवन सफल रहोस् भनेर शुभकामना दिएका छन् ।
सन्दीपले सामाजिक सञ्जालमा पोस्ट राख्दै नेपालका समर्थकहरूप्रति कृतज्ञता समेत प्रकट गरेका छन् । उनले लेखेका छन्:
सबैजनालाई यो सबै कुराको लागि धन्यवाद । यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैं मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ । यो माया र हौसला मेरा लागि सबथोक भएको र सदा मनमा विशेष किसिमले रहिरहनेछ ।
सन्दीपले यो स्टाटस राख्नुको पछाडि केहीले भने एटेन्सन पाउनका लागि हो भनेर प्रतिक्रिया जनाएका छन् । सन्दीप नेपाली राष्ट्रिय टोलीको कप्तान भइसकेका क्रिकेटर हुन् । हालै सम्पन्न नेपाल प्रिमियर लिगमा उनले विराटनगर किंग्सको कप्तानी गरेका थिए भने जय ट्रफीमा बागमतीको कप्तानी गरेका थिए ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_puXcDvjuFm_0exvndmvu0khms6fwtiyr4js3xt9qws1vrl5xh3tnwcitbivq3tpdeoml9vo.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_2agO4z95Wu_ji0chodn6nwrcarpe55vhlemzz1k4gqnakyfuic2vnxclboufjjt4o5ttiad.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_EwcDyDCI9e_l8uhorpvtuw55mbgyaxmm2wn0ade4exewomxq9z2f3zukqwwlgzlymm1l1fm.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_zU7VEPUcMp_cic1kpfybev9godnqkypudkk1jc5tyb6g7fdi3sivwsw1mf3ri5lcmdleqwt.jpg)
प्रतिक्रिया