हङकङको अल्ट्रा म्याराथनमा जुम्लाकी राममाया बुढा प्रथम
_tEYYLSu6cp_003bduyp4wsepfewa1aoosnwjhfrr9nosiix5gkxgxxcd3qno81tzqphl7wc_OF7HwLs6zj_dznwhmevhx78qtepoglbklcw2cvvycshmljmcztdmusledljce8jd3xezopz.jpg)
मुगु ।
जुम्लाकी राममाया बुढाले हङकङमा आयोजना भएको ५० किलोमिटर अल्ट्रा म्याराथनमा ऐतिहासिक सफलता हात पारेकी छिन् । प्रतियोगितामा उनले पहिलो पटक सहभागिता जनाउँदै आफ्नो उत्कृष्ट प्रदर्शन गरेकी छिन् । राममायाले सुरुदेखि नै अग्रता लिँदै दौड पूरा गरिन् र आफ्नो पहिलो अन्तर्राष्ट्रिय ट्रेल दौडको कोर्स रेकर्डसमेत तोड्न सफल भइन् ।
एसिया प्यासिफिक एडभेन्चर एथ्लिट्सका अनुसार राममायाको यो उपलब्धि ट्रेल दौडको क्षेत्रमा प्रेरणादायक मानिएको छ । जुम्लाको दुर्गम भेगको पातारासीमा जन्मिएकी राममायाको यस सफलताले परिवार र गाउँमा खुशीयाली छाएको छ । प्रतियोगिताका क्रममा राममायाले ट्रेल दौडमा आफ्नो अद्वितीय क्षमताको परिचय दिँदै अन्य प्रतिस्पर्धीलाई धेरै पछाडि पार्दै उनको जितसँगै नेपाली खेलकुदमा नयाँ इतिहास लेखिएको कर्णाली स्पोट्र्स क्लबका अध्यक्ष सरोज शाहीले बताए ।
स्थानीयस्तरमा सीमित जस्तो देखिने खेलकुद प्रतिभा अन्तर्राष्ट्रिय मञ्चमा चम्किन सक्छ भन्ने उदाहरण राममायाले प्रस्तुत गरेकी छिन्, शाहीले भने, ‘उनको यो उपलब्धिले अन्य युवा खेलाडीलाई पनि प्रेरित गर्ने अपेक्षा गरिएको छ ।’ राममायाको यो सफलता मात्र एउटा दौड जित्नु नभई नेपाली महिलाहरूको आत्मबल र क्षमताको प्रतीक बनेको अन्तर्राष्ट्रिय धावक हरि रोकायाले बताए ।
‘हङकङको कठिन भूभागमा आयोजित यस अल्ट्रा म्याराथनलाई जित्न राममायाले देखाएको अनुशासन र प्रतिबद्धता सम्पूर्ण नेपालीका लागि गर्वको विषय हो,’उनले भने,‘यो जितसँगै राममायाले अब भविष्यका लागि थप तयारी गर्ने संकेत गरेकी छिन् ।’

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_tevytGDmqt_rdhd47mpc6utbetmwkwkj1e299swg7izabglygp5n9dcwfbyqu3ddbuandm6.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_iAhlehjHbL_ov4rqwaiptjwoj6suxkkcsthp8nrqnuwkxrwseh3uqs8lk36qkhdr9rirecb.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_keRlhflhj4_l6qtbue0meezlfnxd6sakjl4peh2pl7j6pzfubjxyve2y0eopetfwxgpbvst.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_P86XPvSyAB_xstfkyqolquoqtavhhzzkjljeyxhzeudzhey6ofw2mytkenmtegnpnx8ziwo.jpg)
प्रतिक्रिया