आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने चेम्बरको तयारी
_Csm9mJro2L_mgltgcqhtvwudp6vcnpvo2kvpqto0ke2vscdhiuc3ouvquvguscxkp98ap4g_6De1FxfD78_zv4chrnamcyjvjhjp9wfnsjfc566nyj3vjzvuheqeaipnjvxoebmaaydjhbs.jpg)
काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सले आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने गर्ने भएको छ । सरकारले अध्यादेश मार्फत लगानी सहजीकरण गरेपछि चेम्बरले आईटी उद्योगमा लगानी एवं अन्तराष्ट्रिय बजारमा सहजीकरण गर्नेगरी रणनीतिक लक्ष्य तय गरेको हो । आईटी, सफट्वेर एण्ड टेक्नोलोजी समिति मार्फत चेम्बरले आईटी उद्योगमा लगानीको खोजी एवं उद्यमशिलता विकासका लागि पहल गर्नेछ । चेम्बरले यसका लागि आईटी उद्यमीहरुसंग एकचरण छलफल समेत गरिसकेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा आर्थिक विकास र समृद्धिका लागी आईटी उद्योगको सम्भावना उच्च भएकाले लगानीका लागि सहजीकरण गर्न लागिएको बताए ।
उनले भने, ‘नेपालमा विदेशी मुद्रा आर्जन गर्ने महत्वपुर्ण श्रोत अव आइटी उद्योग हो, सरकारले पनि आगामी १ दशकमा वार्षिक ३० खर्व भित्र्याउने लक्ष्य सहित कार्ययोजना तय गरेको छ । सूचना प्रविधी उद्योगको विकासका लागि लगानी जुटाउने देखि अन्तराष्ट्रिय बजारमा चेम्बरले सहजीकरण गर्नेछ, ।’
सर्वसाधरणको लगानी जुटाएर आईटी उद्योगको स्थापना गर्न सकिने अध्यक्ष अग्रवालको भनाई छ । अन्तराष्ट्रिय आईटी उद्योगका लागि नेपालको जनशक्ति तुलनात्मक रुपमा केही सस्तो पर्न जाने भएकाले पनि उपयुक्त अवसरको खोजी गरिनुपर्ने उनले बताए ।
नेपालका युवाहरुलाई आईटी उद्योगमा सहभागी गराउन नीतिगत सहजीकरण गर्न चेम्बरले भूमिका निर्वाह गर्ने समेत अध्यक्ष अग्रवालले बताए । चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले पब्लिक प्राइभेट पार्टनरशिपको अवधारणामा कम्पनी खडा गरेर आइटी उद्योगको विकासमा लाग्नुपर्ने बताए । अन्तराष्ट्रिय ठूला ठूला कम्पनीको व्याकअपका रुपमा स्वदेशमै बसेर काम गर्न सकिने निर्वतमान अध्यक्ष मल्लको भनाई छ ।
चेम्बरको आइटी सफ्टवेयर एण्ड टेक्नोलोजी कमिटीका सभापति विज्ञान श्रेष्ठले आईटी उद्योगको विकास र विस्तारका लागि सरकार र निजीक्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । युवाहरुको नवप्रर्वद्धन आईडीया र सोँचलाई सार्थक बनाउन लगानीको पहुँच वृद्धि गरिनुपर्नेमा जोड श्रेष्ठले जोड दिए ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_WCLCG68NOe_hsee9bmot9f6sozp6lzupngunlx0qlyvirki31e1e3eve7itclcy67yrdtur.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_oIHz6kl3cY_dnbx6hdelm7xqpvgrxakc2qp8tlnrtcsfdudsj1snkxdiywte5wl35r7pzpk.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_CAkoScuyH8_zaahfxpofmb6dvxdmvevbeodrdkga9l2ecxi5nzkbrgwne0oysukoa0opvrl.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_JbXq3vyu0H_wd6x0z4gek9crpfbxrsiik5vi4welaoq8oiw6uwznxjlao1zhijenyr3fu3v.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_p7M6FCrHg6_elv585cv5x78ej4dvkli5iqmvr7zrbgr3nj7o1hxb4fg7g1vtmdehbb0jd80.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया