हामीले खाने विहान बेलुकीको खाना आयात गरेर खान नपरोस् : मन्त्री अधिकारी
%2520(1)_bUeVVbTQKy_7bxuw5x09efpn0xvx8mamu2cw6mzo9bypixzcckvawinknrik1mkgvx8rfqr_TsbHoRIgTc_4seaqxpva4e1jz0nx27yrrj2fgyk0vmtkgwgalckml0g95i8iyj7xgxqbwbw.jpg)
काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले विहान बेलुकीको खाना आयात गरेर खान नपरोस् भन्ने उद्देश्य मन्त्रालयले बोकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कृषि अनुदान, रासायनिक मल एवं धानको उत्पादन आ.व २०८१, ८२ को विवरण सार्वजनिकीकरण कार्यक्रममा उनले नेपालमा निर्यात गर्न सक्ने क्षमता रहेको भन्दै आयातको भरमा बाच्न नहँुने बताएका हुन् ।
उनले भने, ‘हाम्रो उद्देश्य भनेको आयात गर्न नपरोस् भन्ने हो । हामी यो मन्त्रालयमा बसि रहँदा हामीले खाने विहान बेलुकीको खाना आयात गरेर खान नपरोस् भन्ने उद्देश्य मन्त्रालयले बोकेको छ । कति उत्पादन गर्छ होईन, कम्तीमा बाहिरबाट ल्याएर खान नपरोस् भन्ने उद्देश्य मन्त्रालयले राखेको छ । आयातको भरमा बाच्न हँुदैन निर्यात गर्न सक्ने क्षमता हामीसँग छ र त्यो राखौं भन्ने उद्देश्य हामीले राखेका छौँ।’
यसको साथै, उनले धान, मकैजस्ता वस्तुको उत्पादन वृद्धि हुनु कृषकहरुको मेहेनत भएको भन्दै यसलाई हाम्रो उपलब्धी भन्न नमिल्ने बताए । उनले भने, ‘कृषि कर्म गर्ने मान्छेले राम्रो तरिकाबाट कृषि कर्म गरिदिनुभयो त्यसकारण धान र मकैको उत्पादन वृद्धि भयो यो कुरा सही हो । हामीले हाम्रो कारणले वृद्धि भएको भनेर कहिले भनेका छैनौँ । यसको लागि कृषकहरुलाई नै धन्यवाद दिने हो र दिएका छौँ ।’
अनुदान लिएर कृषि कर्म नगरेकाहरुलाई कारबाही गर्नको लागि मन्त्रालयमा छलफल गरेर एउटा टिम बनाएको पनि उनको भनाई छ । उनले भने, ‘अनुदान कस्ता कस्ताले पाएका, कस्ले ठूलो रकम पाएका र अनुदान लिएर पनि कृषि कर्म नगरेको हुन सक्छ त्यसका लागि मन्त्रालयमा छलफल गरेर कारबाही गर्नको लागि एउटा टिम बनाएका छौँ ।’

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_vdTF5CtXSb_fqypigehwwanqf0ptxiigutv4f5y7s9geltuuvx7yzwvgwheum5euyizbyhp.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_XpVSFKeTwi_6gpufhnkm8rfck2z65jfyd97vzpnkrvnoi3fqh5zyhc8zimv8guf6ihvtd4k.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_PDlWKTB2mK_qhywvad7auvyrxslg8l6olihzbsksd1npr9hrhxhgxef0vdhzudchkkulzwn.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_kZu4eUCg4M_j20eakmdovei4sp0vv78wsme4bjg60g4rgnh82bjtmyhkeoe8atyfvwnhw3j.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_oGaxCQXebn_r8tqazdapqvpkfxr8xhjoyk4wj3vfqge4sy799ekz969fpw7ylrqsxy9ahjq.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_boHbGE0sLH_seivuo6yssmg3u6pnaxa6onqvj3qmtskg95ujf4pzewtws6yoacqr48rg70j.jpg)
प्रतिक्रिया