‘ममी’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं ।
समर निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘ममी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
सार्वजनिक दोस्रो पोस्टरमा अभिनेत्री प्रिंयका कार्की डर मिश्रीत भावमा केही हेरिरहेकी छन् । उनको छेउमा कालो बिरालो समेत देखिन्छ ।
पुरानो घरको अगाडि उभिएकी प्रिंयका र उनको पछाडी रहेको घरको भित्तामा राखिएको फोटो फ्रेममा अभिनेता तथा निर्देशक सुलक्षण भारती र बाल कलाकार आयुषी ढकाल र जेभिस श्रेष्ठको तस्वीर देख्न सकिन्छ । फोटो फ्रेमको काँच फुटेको देखिन्छ । त्यसबाट घरमा रहेको नकारात्कम शक्तिले आक्रमण गरेको बुझिन्छ । सिनेमाको सार्वजनिक यो पोस्टरले दर्शकमाझ सिनेमा प्रति कौतुहल्ता पैदा गर्ने विश्वास निर्माण टिमको छ ।
हरर फ्यामिली ड्रामा सिनेमामा प्रियंकासँगै दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका रहेको छ । सिनेमामा उनीहरुका अलावा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको छ । सिनेमाका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।
‘ममी’को छायाँकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपी, रंग संयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् । सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_qrajM1Ge3D_9mqjemstpkanacihoyec5j8ll51ihhngqarxwuunkrhutlxvht3xrrqdvwpa.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_h8zwM6WqC9_o0jvo04feuau6ryn3i8daoskgvdn12uxv9vvtoj3xp5zjyy8cppbojmlyhsl.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_yqPdmd6MOf_gfbum7sjamgp5tkunhlqf3vi1frjt9jy4twu5bhoo1nxslx4c9kfrx2fw9we.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_M7IIXmq3c1_69ar4vwk2ylcesfbrw9be8vrademgvhz3fuklgsatieo4ocxs86tlc62rqg8.jpg)
प्रतिक्रिया