चितवन राइनोजसँग जनकपुर बोल्ट्स पराजित

काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोज सहज जित निकालेको छ । चितवन राइनोजले जनकपुर बोल्ट्समाथि ३२ रनको सहज जित निकालेको हो।
शनिबार भएको खेलमा यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको जनकपुरलाई ३२ रनले पराजित गरेपछि चितवनले ७ खेलबाट ८ अंक जोडेको छ । यो जितसँगै चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ ।
अहिलेसम्म जनकपुरले प्लेअफमा स्थान बनाउँदा सुपूरपश्चिम रोएल्स र कर्णाली याक्स पनि ८ अंक नै जोडेर प्लेअफ नजिक छन् । यस्तै ६ खेलबाट ६ अंक जोडेर पाँचौ स्थानमा रहेको काठमान्डु गुर्खाजको पनि प्लेअफ सम्भावना बाँकी छ ।
चितवनले जनकपुरलाई हराएपछि विराटनगर किंग्स र पोखरा एभेन्जर्स भने आफ्नो अन्तिम लिग खेल अघि नै प्लेअफ होडबाट बाहिरिएका छन् । लुम्बिनी लायन्स यसअघि नै लिग चरणबाट बाहिरिसकेको छ ।
आइतबार काठमान्डु र विराटनगर तथा सुदूरपश्चिम र पोखराबीच खेल हुनेछ । काठमान्डुलाई प्लेअफ पुग्न अन्तिम खेल आफूअनुकुल जित्नैपर्ने बाध्यता छ । काठमान्डु विराटनगरसँग पराजित भएमा भने सुदूरपश्चिम, कर्णाली र चितवन प्लेअफ पुग्नेछ। जनकपुरले लिग चरणको ७ खेल नै खेलिसकेको छ ।
जसमा ५ जित र २ हारको नतिजा निकालेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा छ । जनकपुर शीर्ष दुईमा रहने वा नरहने भन्ने कुरा सुदूरपश्चिमको बाँकी दुई खेलपछि टुङ्गो लाग्नेछ ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_j6nsbpkOjk_5j1msqqtpryvfdog3fzyd4momjldc41p1u8cgmnr5qnufjrsur7bh3jb57oe.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_FaQK2pRycs_ykbvbozallnbl0aqcrkqzdnz398txt8zisqq79ypbqoz6uvgykcz3bdyiy0w.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_txp9WdvBCq_ih6lon58k02tflrtfbbgjhzelf36ne7kbxopijts42ubufg6mc9njiurait7.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_0HommlSQXm_lxcnegmhhhf2c0uxdcdzjwklfrnusebht5vrn6nyiaaorxtczaqfoneqmies.jpg)
प्रतिक्रिया