प्रधानमन्त्रीले भने -चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएको छैन

काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी चीनसँग ऋणसम्बन्धी कुनै किसिमको सम्झौता नगरिएको बताएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको दौरान ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको विषयमा प्रष्ट पार्दै चीन भ्रमणबाट प्राप्त कुरा ऋण नभएको स्पष्ट पारेका छन् । चार दिने चीन भ्रमण सकेर फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँगको सवाल जवाफका क्रममा यस्तो बताएका हुन् ।
उनले भने,‘अस्ति मैले आमसभामा पनि हामी कुनै ऋण लिन जाँदैछैनौं भनेको थिएँ । ऋणसम्बन्धी कुनै कुरापनि चलेन । मैले यहाँ बोलेकै थिएँ । कुरापनि चलेन । छलफल पनि भएन । हामीले यसपल्ट बीआरआईअन्तर्गत विभिन्न परियोजनाहरुको कुरा गर्यौं । हरेक परियोजनाअन्तर्गत पछि हामी छुट्टै छलफल, छुट्टै एग्रिमेन्टहरु गर्छौं । र, त्यसको इप्लिेमेन्टेशन कसरी गर्छौ भन्ने सम्बन्धमा । अहिले हामीले जे प्राप्त गरेका छौं । त्यो ऋण होईन भन्ने कुरा धेरैपल्ट भनियाछ । अब धेरै दोहोर्याउन नपरोस भन्ने मेरो आग्रह छ ।’
ओलीले हरेक परियोजना कसरी कार्यान्वयन हुने भन्नेबारे पछि छलफल हुने बताए ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_CLIF3FUwjx_rfjpyjfj0vpgi7dweiwhumpsta6ktratxi9ksglvezmmolr3cfquofw9xdus.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_5MbAfKyXjV_c5ebryd7l63fc17xmvmozambz0rgtlcgurb6ftgtpjpepssuastrvpdv8ve3.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_cE29FueORZ_yvxpax9ofpwubxslwjdpgh543fadp9pmwx53xrqebhppfid403wylv7ypsqd.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_0ENvednnYk_o9wxnqopvdxtphg7drmfpbsvqezwqyzp3ubctctwyfduh5ppvqdxrarl6ege.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_UkYCeLhb1P_snukzhsmblhucbvojwlou67fvj7tpzesoxmdlasibunrfw93codafwbgzxl0.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_7gdWRqAUfw_hbkgmd4dqv3chbfgde6b2dx9zwbvcevgpynrag5rpfrxewm7srcd7goqyo7x.jpg)
प्रतिक्रिया