काठमाडौंको पहिलो जित, कर्णालीको लगातार दोस्रो हार

काठमाडौं
नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा काठमाडौंले कर्णालीलाई ३ विकेटले पराजित गरेको हो । काठमाडौंको यो पहिलो जित हो भने कर्णालीको लगातार दोस्रो हार हो । कर्णालीका लागि शिखर धवनले अविजित ७२ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन्। टस हारेर ब्याटिङ गरेको कर्णालीले ५ को विकेटको क्षतिमा १४९ रन बनायो।
कर्णालीले दिएको १५० रनको लक्ष्यमा काठमाडौंले १९.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । काठमाडौंका लागि गेर्हार्ड इरास्मसले ३८ र माइकल लेभिटले २२ रन बनाए । सुमित महर्जनले ४० अविजित र करण केसीले २८ रन बनाए । कर्णालीका लागि नन्दन यादव, गुल्शन झा, जिशान मक्सुद र विपिन शर्माले १–१ विकेट लिए ।
यसअघि ब्याटिङ गरेको कर्णालीले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । कर्णालीका लागि ओपनर शिखर धवनले अविजित ७२ रन बनाए ।
काठमाडौं गुर्खाजका लागि गेर्हार्ड इरास्मसले २ तथा कप्तान करण केसी, नाथन सोटर र दीपेश कँडेलले १–१ विकेट लिए ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_JXnOGHQYQv_f9qbbhvclucw9mo8ur0jhlwnjscwqcud0absodll8e0fwpa29vyfaa1gylat.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_72Syvs2M5Y_jyutqvkcq8dukj5thz0fbkxsrfyzgsg6ndfdvfsmrbwb7e8ojdmablb6x93j.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_JBry8qMc1I_z9cbmj1dqopx0sgdnbprafevkhckopiipibstdabh6beipmaadnkvj9czhwp.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_CcKyVk831I_o0v16opjxhkqltma6xx2tgukoewp3xdr4vfxx6kd2smeq12rpu4sgq9w2aiw.jpg)
प्रतिक्रिया