आज एकै समयमा काठमाडौंका तीन ठाउँमा विरोध प्रदर्शन

काठमाडौं । राजधानीमा आज विभिन्न तीन ठाउँमा विभिन्न समूहले प्रदर्शन गर्दैछ।माइतीघरमा केही दिन अघिदेखि नै सहकारी पीडितहरूको प्रदर्शन जारी छ। शुक्रबार नेकपा (एमाले) र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले काठमाडौंमै प्रदर्शन गर्दैछन्।
एमालेले दरबारमार्गमा गर्ने जागरण सभाका लागि भद्रकालीबाट र्याली निकालेर सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्ग पुग्नेछ।त्यस्तै दुर्गा प्रसाईँ समूहको प्रदर्शन कोटेश्वरमा हुँदैछ।एकैदिन तीन ठाउँमा फरक फरक समूहको प्रदर्शन हुने भएपछि शुक्रबार काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तीन ठाउँमा प्रदर्शन हुन लागेकाले आम नागरिकको जनजीवन सहज र सुरक्षित बनाउन शुक्रबार ५ हजार भन्दा बढी प्रहरी खटाइने जानकारी दिए।
त्यस्तै ट्राफिक व्यवस्थापन सहज बनाउन ५ सयभन्दा बढी ट्राफिक प्रहरी खटाइने पनि उनले बताए । नागरिकको जनजीवन तथा आवतजावत सहज र सुरक्षित होस् भन्ने विषयमा सुरक्षा हामी प्रतिबद्ध छौं। त्यसका लागि थप ५र६ हजार प्रहरी र पाँच सयभन्दा बढी ट्राफिक प्रहरी खटाएका छौं। उनले भने।त्यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिनेछन्। त्यसका लागि काठमाडौंमै पर्याप्त प्रहरी रहेको पनि उनले बताए।प्रहरीले लगातार पेट्रोलिङ पनि गर्छ। कहीँ कतै अप्रिय घटना नहोस् भन्नका लागि हामी संवेदनशील छौं र पर्याप्त मात्रामा सुरक्षा व्यवस्था मिलाइएको छ,ु प्रजिअ आचार्यले बताए।सुरक्षा संवेदनशीलता र यातायातलाई मध्येनजर गरेर नै प्रदर्शन गर्ने ठाउँको दूरी टाढा बनाइएको पनि प्रजिअ आचार्यले बताए।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_YH0iShpQL3_dr70v0eied5kmadlmfqfo43vnleenvjormpohqxbitns3no5wbkicmaowt0s.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_LMQsfE6Si9_ponbqygfvb8yttyyizxihb4kye8aiihnnmagikky6gegpqvkgattqnsvyiqf.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_xWid35THJi_yxwwfopy79gtpdipfrrmpsxxoreomnikrnp7d5ozuexrkygauvuy51c4wlhx.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_ZX7fYQdZlm_m1pkeidkgnpsga2kgh85iwore4ihgrakbm4gjmp9g3snk2pm9kklsaocgzuk.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_uVVnjJS10L_vkflcxk9hcfbrdg4bwoko5mxwxjokc17mnxfhf1tarww6yv4rixamxwaozr8.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_LSBamZUgJn_wzm8searwmubnlaot2qgkdgcafygmudp9hke7xirq4zfhrvb9qrpeb2gq81y.jpg)
प्रतिक्रिया