अहिले नै मन्त्रीमण्डल फेरबदल नहुने,मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको गृहमन्त्री लेखकको दावी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अहिले नै मन्त्रीमण्डल फेरबदल नहुने बताएका छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले प्रधानमन्त्री कार्यकारी हुने व्यवस्थामा मन्त्रीमण्डलमा फेरबदल हुनु सामान्य कुरा भएको बताए । उनले मन्त्री हेरफेरको चर्चाबारे गरिएको प्रश्नमा मन्त्रिपरिषद्मा हेरफेरको कुरा आजसम्म नचलेको दाबी गरे ।
मन्त्री लेखकले ०८४ को निर्वाचनसम्म कांग्रेस–एमालेको वर्तमान गठबन्धन कायम रहनेमा कुनै शंका नरहेको बताए । ‘भन्नेहरुले त यो सरकार दशैंभन्दा पर जाँदैन भने, त्यसपछि तिहार कटदैन भने । भन्नेहरुको पछि लाग्ने होइन, यो सरकार बनेको एकवर्ष ८ महिनापछि भने परिवर्तन हुन्छ’ नेता लेखकले भने, ‘त्यसपछि पार्टी सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ, उहाँले ८४ को चुनाव गराउनु हुन्छ । त्यपछि जसले बहमुत ल्यायो, त्यसैको सरकार हुन्छ । ’ लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न चीन भ्रमणलाई लिएर सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् ।बीआरआईअन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरकफरक मान्यता देखिएका भएता पनि दुवै दलबीच हुने समझ्दारीका आधारमा अघि बढ्ने बताए ।
बीआरआइमा अनुदान लिने तर ऋणका रुपमा भने स्वीकार नगर्ने कांग्रेसको औपचारिक निर्णय रहेको भन्दै गृहमन्त्री लेखकले सहमतिमा नै यो विषय अगाडि बढ्ने दाबी गरे । उनले भने, ‘कांग्रेसले त ऋणका रुपमा नलिने भनेर यसअघि नै निर्णय गरिसकेका छ, एमालेले पनि ऋणका रुपमा भए पनि लिनुपर्छ नै नभनेका कारण दुवै दलबीच छलफल चलिरहेको छ त्यही अनुसार सरकार अघि बढ्छ ।’ मन्त्री लेखकले गृह जिल्ला कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेको बताए ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_YH0iShpQL3_dr70v0eied5kmadlmfqfo43vnleenvjormpohqxbitns3no5wbkicmaowt0s.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_LMQsfE6Si9_ponbqygfvb8yttyyizxihb4kye8aiihnnmagikky6gegpqvkgattqnsvyiqf.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_wBN5nIzPFE_imy0gyddlhlyzpvpkfa5tgw5rw0hsjul9sfum5uvmsxyhifzjr9zd7er8cdu.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_sXGnuDjkdF_qpcx01duemwzba1ilqpgnsl1sw5qs4tq0fpbynt1dpa6k4pyptx7iprakmbt.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_uVVnjJS10L_vkflcxk9hcfbrdg4bwoko5mxwxjokc17mnxfhf1tarww6yv4rixamxwaozr8.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_LSBamZUgJn_wzm8searwmubnlaot2qgkdgcafygmudp9hke7xirq4zfhrvb9qrpeb2gq81y.jpg)
प्रतिक्रिया